किशोरमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा एक भारतीय पक्राउ

किशोरमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा एक भारतीय पक्राउ

ललितपुर : बोल्न नसक्ने १७ वर्षीय किशोर अप्राकृतिक मैथुनबाट पीडित भएका छन्। यी बालकलाई प्रत्येक पटक दुईदेखि तीन सय रुपैयाँ दिएर अप्राकृतिक मैथुन गर्दै आएको पाइएको छ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार १७ वर्षीय बालकलाई बारम्बार अप्राकृतिक मैथुन गरेको आरोपमा भारतीय नागरिक किशोर दास पक्राउ परेका हुन्। ४५ वर्षीय दासलाई चैत अन्तिम साता पक्राउ गरिएको हो।

भारत विहार सितामढी जिल्ला मेजरगंज थाना घर भइ ललितपुरको महालक्ष्मी नगरपालिका लामाटार बस्दै आएका दासले सोही क्षेत्रमा बस्ने बालकलाई अप्राकृतिक मैथुन गर्दै आएको उजुरीका आधारमा पक्राउ गरिएको हो। बालकले सुरुमा प्रतिकार गरेपनि पछि आर्थिक प्रलोभनमा परेको प्रहरीको भनाइ छ। 

‘बालक राम्ररी बोल्न सक्दैनन्’ मिश्रले भने, ‘घरमा कोही नभएको समयमा गएर दासले बालकसँग अप्राकृतिक मैथुन गर्ने गरेको खुलेको छ।’ यता गोदावरीमा भएको जबरजस्ती करणीको अर्को घटनामा दुई व्यक्ति पक्राउ परेका छन्। उनीहरूले वैशाख १६ गते साँझ १४ वर्षीय बालिकालाई बलात्कार गरेका थिए। 

प्रहरीका अनुसार दुबै अभियुक्त गोदावरी खोलामा नुहाउँदै गरेको बेला युवती त्यहीं आइपुगेकी थिइन्। पाँचथरका २४ वर्षीय रमेश लिम्बु र उदयपुरका २४ वर्षीय विवेक मैनालीले युवतीलाई रक्सी खुवाई पालैपालो बलात्कार गरेका थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.