साङ्हाईमा शक्तिशाली चिनियाँ प्रविधि
बेइजिङ : चीनको शहर साङ्हाईको फुतोङ जिल्लाले नवप्रविधिको युगमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको छ। एउटा सानो गाउँबाट पछिल्लो तीस वर्षमा फुतोङ प्रविधिको अग्रणी शहर बनिसकेको छ।
मे ५ तारिख फुतोङमा चाइना मिडिया ग्रुप (सिएमजी)ले फोर के प्रविधि तथा कृत्रिम बुद्धिमत्ता जस्ता नवप्रविधिलाई एकै थलोमा राखेर एउटा प्रयोगशालाको स्थापना गरेको छ। साथै ‘फुतोङको तीस वर्ष’ शीर्षकको वृत्तचित्र पनि उक्त कार्यक्रममा प्रदर्शन गरिएको हो।
‘फुतोङको तीस वर्ष’ शीर्षकको वृत्तचित्रले सुधार तथा खुलापनको शक्ति, नविन शक्ति, उल्लेखनीय उपलब्धि र जातीय पुनःउत्थानलाई देखाएको छ। सिएमजीद्वारा निर्मित उक्त वृत्तचित्रबाट साङ्हाइको फुतोङ क्षेत्रको तीस वर्षे विकास अभिव्यक्त गर्ने लक्ष्य राखिएको छ। जसबाट धेरैभन्दा धेरै मानिसले चीनको सुधार तथा खुलापनको इतिहास र नयाँ युगको सुधार तथा खुलापनबाट हुने सुन्दर भविष्यको जानकारी लिन सक्ने छन्।
कार्यक्रममा चिनियाँ उप–प्रचारमन्त्री एवं सिएमजीका अध्यक्ष शन हाइ स्युङ्, चिनियाँ कम्युनिष्ट पार्टी साङ्हाई समितिका उपमहासचिव एवं साङ्हाईका मेयर यीङ युङको उपस्थित थियो।
अध्यक्ष शनले सिएमजी स्थापना भएको एक वर्षयता चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको सिएमजीलाई दिएको महत्वपूर्ण निर्देशन बमोजिम शक्तिशाली प्रचार तथा प्रभाव शक्ति बोक्ने अन्तराष्ट्रिय उच्चस्तरीय मिडियाको निर्माण भन्ने लक्ष्य लिँदै पाँचौँ पुस्ताको ईन्टरनेट, फोर के प्रविधि तथा कृत्रिम बुद्धिमत्ता जस्ता नवप्रविधिको प्रयोग भन्ने रणनीतिलाई आफ्नो विकासको नयाँ प्रवर्द्धन शक्ति बनाउँदै आएको बताए।
प्रतिक्रिया दिनुहोस !