छोराको कुटपीटबाट वृद्धको मृत्यु

छोराको कुटपीटबाट वृद्धको मृत्यु

राजविराज : मादक पदार्थ सेवन गरेका छोराको कुटपिटबाट सप्तरीमा एक वृद्धको मृत्यु भएको छ।

हनुमाननगर कंकालिनी नगरपालिका १४ विष्णुपुर टोल बस्ने ३२ वर्षीय देवकुमार रामको कुटपिटबाट घाइते उनका बुवा ६५ वर्षीय जगदिश रामको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शी मृतककी जेठी बुहारी सुनीतादेवी रामका अनुसार जग्गासम्बन्धी घरायसी विवादमा मादक पदार्थ सेवन गरेका देवकुमारको कुटपिटबाट घाइते जगदिशको उपचारको क्रममा मृत्यु भएको हो। उपचारका लागि हनमाननगर कंकालिनी नगरपालिका १४ रामपुर मल्हनियास्थित स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको उनले बताइन्।

बुवा छोरा दुबैले मादक पदार्थ खाई बढेको विवादमा हात हालाहाल हुँदा वृद्ध ढलेका थिए। वृद्धले बेहोस भएको नाटक गरेको भन्दै छोरा देवकुमार हिंडेपछि जेठा छोरा र बुहारीले घाइतेलाई नजिकैको मेडिकल पसलमा लगेको स्थानीयवासीले बताए।

शवको आइतबार राजविराजस्थित अस्पतालमा पोस्टमार्टम भएको छ। जेठी बुहारी सुनीताले दिएको कर्तव्य ज्यानसम्बन्धी उजुरी दर्ता गरी आरोपितको खोजी तीब्रताका साथ भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.