लोकप्रिय बन्दै छोरी शिक्षा बिमा

लोकप्रिय बन्दै छोरी शिक्षा बिमा

जनकपुरधाम : तीनमहिने निभा सदा खुसीले गद्गद् देखिन्थिन्। पैंतीस वर्षीया सरीतादेवी सदा आफू पढ्न नपाएको दुःख छोरीलाई साक्षी राख्दै पोख्दै थिइन्। उनले छोरीको निधार सुमसुमाउँदै तोते बोलीमा भन्दै थिइन्, ‘जिन्दगीमा मजस्तो दुःख तिमीले भोग्नु पर्दैन।’

छोरीको अनुहारमा आमाको अटुट नजर थियो। उनको खुसीको अनुहारमा नजर डुलाएर निभामा हाँसिरहेकी थिइन्। आमाले उनलाई हँसाइरहेकी थिइन्। प्रदेश २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत माघयता जन्मिएका छोरीहरूको नाममा जीवन बिमा कार्यक्रम सुरु गरेको छ। छोरी शिक्षा बिमा मुद्दती बचत कार्यक्रम ल्याएको छ। सरकारको सुविधा लिन सरीता १५ किलोमिटर बाटो छिचोलेर जनकपुरधाम आएकी थिइन्। उनको घर धनुषाको क्षिरेश्वरनाथ–६ सखुवा महेन्द्रनगरमा पर्छ।

आज बिमित छोरीहरू २० वर्षपछि एक लाख २५ हजारको हकदार बन्नेछन्। मुख्यमन्त्री कार्यालयमा छोरीको बिमा गराउन आउनेको भीड लाग्ने गरेको छ। ७० जना छोरीको बिमा खाता खुलेको छ। हजारभन्दा बढी छोरीको बिमाका लागि आवेदन परेको छ।

छोरी बिमा सरीताको चासो

बिमा गराएर त्यो हक दिलाउन छोरी बोकेर सरीता मुख्यमन्त्री कार्यालय पुगेकी हुन्। उनी मुसहर समुदायकी हुन्। तराईको अति विपन्न सूचीमा पर्छिन् निभा। यो जाति सरकारको सबै सुुविधाबाट बेखर रहन्छ। दिनहुँ मुसा, घोंघी, गँगटा, माछा मारेर तरकारी जुटाउँछन्। देशभरि करिब १३ लाख मुसहरको जनसंख्या छ। मुस्किलले ७ प्रतिशत साक्षर छन्।

दैनिक मालिकको खेतमा काम गरेर छाक टार्ने सरीता छोरी काखमा च्यापेर प्रदेश २ को सिंहदरबार टेकेको यो पहिलो पटक हो। ‘हाम्रो सरकारले छोरीहरूको जीवन बनाउने, पढाउने काम गर्‍यो, योे ठीक गरेको छ’, उनले भनिन्, ‘गाउँघरका छोरीहरू अब पढेर असल मान्छे बन्छन्।’

गत आर्थिक वर्ष प्रदेश सरकारले ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमले निकै चर्चा बटुलेको नीति तथा कार्यक्रम हो। माघदेखि छोरी शिक्षा बिमा सुरु गरिएको हो। सरीताको नाममा एक धुर जग्गा छैन। सखुवा बजारमा झुपडी बनाएर बस्दै आएकी छन्, श्रीमान् छोटनको साथमा। ‘बुवाआमाले पढाउन सक्नु भएन,’ सरीता भन्छिन्, ‘नाम लेख्नसमेत आउँदैन, दस जनाका अगाडि बोल्न डर लाग्छ।’

छोरी शिक्षा बिमालाई प्रभावकारी कार्यान्वयन गर्न प्रदेश २ का एक सय ३६ स्थानीय तहमा स्वयंसेवक परिचालन गर्न लागिएको छ। ‘स्वयंसेवकले स्थानीय तहबाटै बिमाका कागजपत्र लिएर आउनुहुन्छ,’ बेटी पढाऊ, बेटी बचाऊ अभियनाकी कार्यक्रम संयोजक प्रियंका यादवले भनिन्, ‘मधेसका छोरीहरू आमाको कोखबाट जन्मिँदै लखपतिको हकदार बनिरहेका छन्।’ प्रदेश सरकारले चालु वर्ष छोरी शिक्षा बिमाका लागि ५ करोड ६० लाख रुपैयाँ छुट्याएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी पदम पोखरेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.