धनकुटामा ट्रयाक्टर पल्टिँदा एकको मृत्यु
धनकुटा : सहिदभूमि गाउँपालिका–७ देउरालीमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ट्रयाक्टर सह–चालक २२ वर्षीय ओमबहादुर राईको रहेको प्रहरीले जनाएको छ । ठेगाना नखुलेका ट्याक्टर चालक जीवन परियार भने फरार छन् ।
सोमबार बेलुका सहिदभूमि गाउँपालिका–७ देउरालीबाट महालक्ष्मी नगरपालिका–४ चानुवा जाँदै गरेको को १ त ३०७० नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । प्रहरीकाअनुसार ओमबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस !