दुर्घटनामा घाइते भएका यादवको मृत्यु
राजविराज : सवारी दुर्घटनामा घाइते साइकल यात्रीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ।मोटरसाइकलको ठक्करले घाइते सप्तरीको रुपनी गाउँपालिका- २ का साइकल यात्री ४५ वर्षीय महेन्द्र यादवको उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
सप्तरीको रुपनी गाउँपालिका- २ स्थित रुपनी-राजबिराज सडक खण्डमा भएको सवारी दुर्घटनामा घाइते भएका यादवको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको थियो।
रुपनीबाट राजबिराजतर्फ आउँदै गरेको स.६प १८७२ नम्बरको मोटरसाइकलले रुपनीतर्फ जाँदै गरेको यादव सवार साइकललाई मंगलबार राति ठक्कर दिएको थियो। मोटरसाइकल र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !