जनकपुरमा जानकी नवमीको रौनक

जनकपुरमा जानकी नवमीको रौनक

जनकपुरधाम : जनकपुरधाममा यतिखेर जानकी नवमी महामहोत्सवको रौनकी बढेको छ। वैशाख ३० गते पर्ने उनको जन्मोत्सवलाई लिएर वैशाख २२ देखि जेठ ४ गतेसम्म दैनिक विभिन्न धार्मिक कार्यक्रम भइरहने छन्। 

जानकी नवमीको अवसरमा जानकी मन्दिरलाई चिटिक्क पारिएको छ। आधुनिकक बत्ती बालेर मन्दिरलाई झकिझकाउ बनाइउको छ। साधुसन्तको भिडभाड बढ्दै गएको छ। मंगलधनले जनकपुरधाम गुञ्जयमान छ। भक्तजनको चहलपहलसमेत बढ्दै गएको छ। 

वैशाख ३० गते जानकी नवमीको दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी बन्ने भएकाले तयारी तिब्र पारिउको जानकी मन्दिर उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए।

‘जानकी नवमी राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्व हो,’ उत्तराधिकारी दासले भने,‘नारीहरुको महत्वलाई जानकी नवमीले दर्शाएको छ।’ जानकी नवमीले छोरीको गरिमाको महत्वलाई  फेरि एक पटक नेपाली समुदायलाई झकझक्याएको छ। 

महोत्सवको पहिलो दिन राम कथा प्रवचन, नवाह रामायण पाठ र साँझ मंगलगानको कार्यक्रम रहेको छ। जन्ममोत्सवको विशेष कार्यक्रम वैशाख ३० गतेदेखि सुरु हुने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताए। तीन वर्षअघिदेखि जानकी नवमीलाई भव्यताका साथ मनाउन थालिएको हो। 

महोत्सवमा वैष्णव राम कथाको लागि वृन्दावन उत्तर प्रदेश भारतका वालव्यास सन्त हरिशरण उपाध्यायलाई बोलाइएको छ। प्रवचनका लागि मन्दिर बाहिर प्राङ्गणमा भव्य पंडाल लगाइएको छ। 

जानकी नवमीमा यसपटक शोभायात्रा, दूधमती साही स्नान, रामायण मेला, राम र सीतालाई केन्द्रित गरी कवि गोष्ठी, रामायणमा आधारित प्रश्नोत्तर प्रतियोगिता, मिथिला चित्रकला सम्बन्धी प्रदर्शनी, प्रादेशिक भाषाको सांस्कतिक कार्यक्रमसहितका कार्यक्रम गर्ने आयोजकले जनाएको छ। 

चताराधामका जगद्गुरु कृष्णदास महाराज, अयोध्याका मैथिली शरण दास, काशी बनारसका महन्थ राजकुमार दासलगायतका एक दर्जन बढी महात्मा आउने तयारी छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.