बेइजिङमा नेपाल चिनाउने कार्यक्रम

बेइजिङमा नेपाल चिनाउने कार्यक्रम

बेइजिङ : चीनका लागि नेपाली राजदूतावासले चीनको राजधानी पैचिङमा वैशाख २६ गते बिहीबार नेपालको संस्कृति, नेपाली परिकार, पर्यटन तथा लगानी प्रवर्द्धनका लागि ‘नेपालः ब्युटी बियोण्ड इन्फिनिटी’ कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा पैचिङस्थित नियोग उपप्रमुख सुशीलकुमार लम्सालले उपस्थित चिनियाँ अतिथिसमक्ष चीन र नेपालको सम्बन्धलाई पाँच चरणमा व्याख्या गरे। 

ईशा पूर्व ३३७–४२२ मा चिनियाँ यात्री फा सिआन बुद्ध जन्मभूमि नेपालको लुम्बिनीसम्म पुगेको र नेपाली राजकुमारी भृकुटी, अरनिको लगायत नेपाली कलाकारको चीनमा फैलिएको यशको चर्चा गरे। 

नेपाल चिनियाँ पर्यटकलाई एक आकर्षक गन्तव्य बन्नसक्ने भन्दै नेपालको पर्यटन क्षेत्रका साथै बहुआयामिक सांस्कृतिक पक्षबारे पनि अवगत गराएका थिए। 

भिजिट नेपाल २०२० को तयारीमा चिनियाँ पर्यटकबाट ठूलो आश रहेको बताउँदै नेपाल भ्रमण गर्न आग्रह पनि गरे। यसैबीच निकट भविष्यमा काठमाडौं र पैचिङबीच सीधा हवाइसम्पर्कको विस्तार हुने सम्भावना रहेको पनि औंल्याए। 

आफ्नो प्रस्तुतिको क्रममा नियोग उपप्रमुख लम्सालले नेपालमा लगानी लगाइरहेका चिनियाँ कम्पनीका बारेमा जानकारी गराए। 

उनले नेपाल लगानीका लागि सम्भावना बोकेको देश रहेको भन्दै नेपाल ५ वटा अन्तर्राष्ट्रिय विमानस्थल, दुई हजार किलोमिटरको सडक र दुई हजार किमी नै रेलमार्गको निर्माणका साथै १५ सय मेगावाटको ऊर्जा उत्पादन गर्न लागिपरेको पनि बताए।

हालसालै नेपालमा लगानी सम्मेलन आयोजित भए तापनि लगानी बोर्डले नेपालमा लगानी लगाउने म्याद थप गरेको भन्दै इच्छुक चिनियाँलाई सम्बन्धित् वेबपोर्टलमा विस्तृत जानकारी लिन पनि उनले अनुरोध गरे। 

पछिल्लो समयमा नेपालको समग्र विकासमा चिनियाँ लगानीको महत्व दिनानुदिन बढ्दै गएको छ। हाल चीनबाट नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अरु देशको तुलनामा बढी छ।

चिनियाँ नवीन रेशममार्ग बीआरआई परियोजनामा नेपाल आबद्ध भएपछि चिनियाँ लगानी वृद्धि हुँदैगएको हो। 

गत चैतमा नेपालले आयोजना गरेको लगानी सम्मेलनमा पनि चिनियाँ लगानी प्रतिबद्धताको हिस्सा धेरै छ। साथै भिजिट नेपाल २०२०लाई सफल बनाउन पनि चिनियाँ पर्यटककै मुख्य भूमिका रहने देखिन्छ। सन् २०१८ मा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या एक लाख ५० हजारभन्दा धेरै पुगेको थियो।

कार्यक्रमको कार्यक्रमको उद्घाटन नेपाली राजदूत लीलामणि पौड्याल तथा चाइना  वर्ल्ड पिस फाउण्डेशनका अध्यक्ष डा. ली रूओहोङले गरेका थिए। 

लीचिङवान अन्तर्राष्ट्रिय होटलमा आयोजित कार्यक्रममा नेपालको परिचय तथा प्रवर्द्धनका लागि चीनमा अध्ययनरत् विद्यार्थीले चिनियाँमाझ नेपाली संस्कृति झल्किने कुमारी नृत्यका साथै विविध जातजातिका नृत्य प्रस्तुत गरेका थिए। साथै हस्तकला प्रदर्शनी, नेपालका पर्यटकीय स्थलका तस्बिर तथा भिडियो प्रदर्शनी र नेपाली खाद्य परिकारसमेत पस्किएको थियो। 

स्वागत मन्तव्यको क्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपाली राष्ट्रपतिको हालै मात्र चीनको सफल भ्रमण भएको बताउँदै नेपाल र चीनबीच सहकार्यका धेरै क्षेत्र  रहेको औंल्याए। साथै उनले चिनियाँ पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य भएको पनि बताए।

त्यसै गरी चाइना वर्ल्ड पिस फाउण्डेशनका अध्यक्ष डा‍ ली रूओहोङले भर्खरै बीआरआई फोरम सफलताका साथ सम्पन्न भएको बताउँदै नेपालसहित दक्षिण एशियाली क्षेत्रको विकासमा चीनले सक्दो सहयोग गर्ने बताए। नेपालप्रति चिनियाँको दृष्टिकोण निकै सकारात्मक रहेको र नेपाल तथा चीन प्राचीन एशियाली सभ्यता भएको उनको भनाइ छ।

यसैगरी बेइजिङ पिपल्स एशोसिएशन फर फ्रेण्डसिप विथ फरेन कन्ट्रीजकी उपाध्यक्ष चाङ छिआनले नेपालको अरनिको राजमार्ग चीन नेपालबीचको मित्रताको प्रतीक रहेको बताउँदै नेपाल ब्युटी बियोण्ड इमाजिनेशन भएको उल्लेख गरिन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.