वनमन्त्रीको भाषण चलिरह्यो, भगवती वन जलिरह्यो

वनमन्त्रीको भाषण चलिरह्यो, भगवती वन जलिरह्यो

जाजरकोट : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत शनिबार जाजरकोट पुगे। उनी पुगेसँगै सदरमुकाम नजिकैको भगवती वनमा आगलागी भयो। तर, मन्त्री बस्नेतले उक्त आगलागीको विषयमा खासै चासो दिएनन्। 

सरकारी कर्मचारी र कार्यकर्ता भेटघाटमै समय बिताए उनले। भोलिपल्ट आइतबार पनि जंगलमा आगो दन्की रह्यो। वन मन्त्री बस्नेत सूचना आयोगको सूचनाको हक सम्बन्धी कार्याक्रम, गाँउ र नगरको जिल्ला सभाको बैठकमा सहभागी भएर भाषण गरिरहे। उता जंगलमा आगो दन्किरहेको थियो।

मन्त्री बस्नेतले उक्त आगलागीमा नियन्त्रणमा चासो दिएको भए सयौं हेक्टर जंगललाई बचाउन सकिन्थ्यो। तर, कसैले चासो दिएन। उक्त आगलागीले सयौं हेक्टर जंगल आगोले सखाप पारिसकेको छ। 

शनिबारबाट सुरु भएको आगो अझैपनि दन्किरहेको छ। तर, नियन्त्रणमा लिने प्रयास गरिएको छैन। आगो निभाउनको लागि न मन्त्रीले निर्देशन दिएका छन् न त स्थानीय प्रशासनले नै। नेपाली सेना र नेपाल प्रहरी कार्यालय नजिकै रहेको जंगल जलिरहेको छ।

सुरक्षाकर्मीले बस्तीतिर आगो आउन नदिन केही प्रयास गरेपनि जंगलको आगो निभाउन खासै पहल नगरेको स्थानीयको गुनासो छ। स्थानीय बासिन्दा पनि आगो निभाउन अग्रसर भएका छैनन्। आगालागी भएको जंगल भिरालो भएको र हावाहुरी चलिरहेकोले निभाउन समस्या भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए। 

पाइप जल्दा खानेपानीको हाहाकार

आगलागीका कारण सदरमुकाम खलंगामा खानेपानीको समस्या उत्पन्न भएको छ। खानेपानीका पाइप आगोले जलेपछि खानेपानीको हाहाकार भएको हो। 
सदरमुकाम खलंगा नजिकैको भगवती सामुदायिक वन र बुदबुदी जंगल क्षेत्रमा लागेको आगोले खानेपानीका पाइप जलेका छन्। पाइप जल्दा दुई दिनदेखि खानेपानी आपुर्ती हुन सकेको छैन। 

अहिले पनि सदरमुकाम नजिकैको बुदबुदी जंगल क्षेत्रमा आगो निभेको छैन। जो सदरमुकामवासीले प्रयोग गर्ने खानेपानीको मुहान क्षेत्र हो। यही जंगलको पानी स्थानीयदेखि सरकारी कर्मचारी र सुरक्षाकर्मीले खाने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.