दियो सल्केर आगलागी
राजविराज : पूजा गर्न बालेको दियोबाट सल्किएको आगोले खड्क नगरपालिका ७ स्थित सत्यनारायण अग्रवालको घर पसलमा आगलागी भएको छ।
घरको तल्लो तल्लामा रहेको गोयल वस्त्रालय पसलमा पूजा गर्न बालेको दियोबाट सल्केको आगो फैलिएर घरसहित नगद, लत्ताकपडा गरी ६० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।
बारुणयन्त्रको सहयोगमा साढे दुई घण्टाको प्रयासपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीले आगो नियन्त्रणमा लिएको इन्स्पेक्टर विष्णुप्रदीप बस्यालले बताए।
प्रतिक्रिया दिनुहोस !