दीर्घजीवनको रहस्य खोल्दै सत्यमोहनले सम्झिए- आमाको दूधदेखि 'एक पेग' सम्म
ललितपुर : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको सयौँ जन्मदिनको अवसरमा ललितपुर महानगरपालिकाले गरेको कार्यक्रममा जोशी निधारमा रातो टिका र दुबोको माला लगाएर उभिइरहेका थिए।
जोशीले नगर परिक्रमा गरुन्जेल उनी आफना शुभचिन्तकलाई हात जोडेर आभार प्रकट गरिरहेका थिए।
सयौँ वर्ष प्रवेशमा पनि लठ्ठी नटेक्ने, आँखा तेजिलै भएका, ठमठम हिँड्ने र घण्टौँ भाषण गर्न सक्ने जोशीलाई सबैले एउटै प्रश्न सोध्ने रहेछन्- तपाईँको दीर्घ जीवनको रहश्य के हो ?
‘स्वास्थ्य र दीर्घ जीवनको रहस्य के हो ? मलाई जसले पनि यही सोध्छन्’, उनी सुनाउँदै थिए। आफूलाई बारम्बार सोधिने प्रश्नको जवाफ दिने क्रममा उनले आमा राजकुमारी जोशीलाई सम्झिए।
‘दुई तीन वर्षसम्म आमाको दूध चुसेँ’, उनी भन्दै थिए, ‘आमाको दूध नै उर्जा बन्यो।’ आमाको दूध त प्रारम्भ थियो। उनीसँग स्वास्थ्य जीवन बिताउन आफैंले प्रयोग गरेका अनेकौँ तरिकाहरू छन्। उनको भनाईमा स्वास्थ्य हुन चिन्तामुक्त हुनु आवश्यक छ।
'स्वास्थ्य जीवनका लागि चिन्तामुक्त हुनु आवश्यक छ। सन्तोषी हुनुपर्छ', उनले भने। अहिलेसम्म औषधि नखाएका उनले मिलाएर खाएमा विष पनि औषधि हुने टिप्पणी गरेँ।
हरेक दिन एक पेग रक्सी खाने गरेको उनले सुनाए। ‘बानी परीहाल्यो, नखाई हुन्न’, उनी भन्छन्, 'रक्सीलाई खराब भन्न हुन्न।’ संसारमा रक्सी नखाने मान्छे हुनै नसक्ने जोशीको बुझाई छ। ‘ऋषिमुनीले पनि खान्थे तर मात्रा मिलायो भने औषधि बन्छ, जथाभावी खाए विष।’
शान्त जीवनका लागि भनेर उनी मोबाइल फोनबाट टाढा बसेका छन्। गत वर्ष ललितपुर महानगरपालिकाले एउटा मोटर, ड्राइभर र मोबाइल फोन दिएको थियो। भन्छन्- 'शान्त जीवन बाँचेको मान्छे मोबाइल चलाउँदिन। घरैमा थन्क्याएको छु।’
जोशीलाई पाटन दरबार स्क्वायरबाट बग्गीमा राखेर मंगलबजार, ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्याइएको थियो। र्यालीमा हजारौँको उपस्थिति थियो।
_20190513115818.jpg)
_20190513115817.jpg)
_20190513115816.jpg)
_20190513115815.jpg)
_20190513115815.jpg)
_20190513115814.jpg)
_20190513115813.jpg)
_20190513115812.jpg)
प्रतिक्रिया दिनुहोस !