तराईमै फल्यो स्याउ !

तराईमै फल्यो स्याउ !

बुटवल : हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईमा फलेको छ। रुपन्देहीको लुम्बिनी नर्सरीले लो चिलिङ्ग जातको स्याउ फलाएको हो। यसको बोट भारतको कलकत्ताबाट ल्याइएको थियो।

तराईमा स्याउ फलाउने विषयमा अध्ययन गरिरहेका नर्सरीका सञ्चालक रमेश पाण्डेले दुईवर्ष अघि सो जातको स्याउको बिरुवा लगाएका थिए। गत वर्ष ४/५ वटा मात्रै फल लागेका थिए। यो वर्षभने स्याउको बोटमा लटरम्म फल लागेका छन्।

जंगली प्रजातिको मिलिङ्ग जातको स्याउको बोटमा लो चिलिङ्ग जातको बोटको कलमेबाट यो स्याउको बोट तयार गरिएको हो। चिसो नभएको स्थानमा समेत यो जातको स्याउ फलेको छ। जापानी प्रजातिको यो स्याउ रुपन्देही मात्रै नभई गुल्मी र पाल्पामा समेत फलेको हो।

‘५० वटा विरुवाको ग्रासिङ गरी लो मिलिङ्ग जात तयार गरिएको हो, स्याउ फलाउने अभियान अहिले पूरा भएको छ, उनले भने। उनको नर्सरीबाट विरुवा लगेकाहरुको घरमा समेत स्याउले लटरम्म फल हालेको छ। गुल्मी र पाल्पामा समेत एकैसाथ विरुवा रोपिएको थियो। ती सबै वोटले फल दिएका छन्।

सामान्यत स्याउ हिमाली र उच्च पहाडी क्षेत्रमा असारमा फल लाग्छ। तर गर्मी मौसमका कारण तराईमा बैशाखमै फल देखिएको उनले बताए। गत वर्ष फलेको फल गुलियो रहेको पाण्डेले बताए। ‘स्याउ हरियोबाट रातो हुदैे पाक्यो, उनले भने –‘बजारमा पाइने जस्तै गुृलियो स्वादको छ।’

गत वर्ष आधा दर्जन फलमात्रै पाकेको थियो। यो वर्ष फल झरेन भने एक क्विन्टल स्याउ हुने पाण्डेले बताए। उनकै नर्सरीबाट विरुवा लगेका मणिग्रामका रमेश पराजुलीको घरमा समेत स्याउ फलेको छ।  ‘गोल नभई लामो आकारको फल लागेको छ, उनले भने। बोट उन्नत र स्वस्थ रुपमै हुर्किएकाले फल पाक्ने विश्वास गरिएको छ।

तराईमा समेत स्याउ फल्छ भन्ने सुनेका पराजुलीकै आग्रहमा नर्सरी व्यवसायी पाण्डेले बोट ल्याएका थिए। भारतका कतिपय क्षेत्रमा उच्च तपक्रममा समेत स्याउ फलाउने गरिएको छ। सोही जातको बोट भएमा यसको उत्पादन हुने विश्वास गरिएको छ। पाण्डेले बोटमा रहेका सबै फल पाकेमा अर्काे वर्ष व्यवसायिक खेती नै शुरु गर्ने योजना बनाएका छन्। ‘यो सिजन अध्ययन गर्छाैं, राम्रो भयो भने व्यवसायिक उत्पादन गर्ने योजना बनाएका छौं, उनले भने।

स्याउको बोटमा कुनै प्रकृतिको किटनाशक औषधि राखिएको छैन। सामान्य मल र पानीमात्रै राखिएको छ। किराको आक्रमण समेत अहिलेसम्म देखिएको छैन। कृषि विज्ञहरु भने तराईमा फल्ने स्याउको स्वाद नहुने दाबि गर्छन। तर यसको परीक्षण नै भने अहिलेसम्म भएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.