मुक्त हलियामाथि राजनीति : डेढ करोड खर्चेर बनेकाे घरमा काेही छिरेनन्

मुक्त हलियामाथि राजनीति : डेढ करोड खर्चेर बनेकाे घरमा काेही छिरेनन्

डोटी : मुक्त हलिया पुनस्र्थापनाका लागि डोटीमा सरकारले गरेको डेढ करोभन्दा बढी लगानी खेर गएको छ ।

सरकारकै लापरवाही र माफियाहरुको चलखेलका कारण न सरकारी लगानी सदुपयोग भयो, न त मुक्त हलिया राम्ररी बस्न नै पाए । पुर्नस्थापना सम्बन्धी नीतिका आधारमा गत आर्थिक वर्ष सरकारले मुक्त हलियालाई बसोबासका लागि एक करोड ५७ लाख ५० हजार रुपैयाँ लगानी गरेको थियो ।

पूर्वी चौकी गाउँपालिका–२ बगलेक र दिपायल सिलगढी नगरपालिका–७ उडीतोलामा सरकारले उपलब्ध गराएको रकमबाट एक सय परिवारमध्ये ३० परिवारले जमिन खरिद गरी घर पनि बनाएका थिए । तर घर निर्माण गरेको एक वर्ष बित्न लाग्दा पनि जम्मा दुई परिवार घरमा बसेका छन् । बाँकी घर खाली नै छन् ।

घर त बने पूर्वाधार भएन

बस्नका लागि बनाइएका घरमा न्युनतम पूर्वाधार नै नहँुदा बस्ने अवस्था नरहेको स्थानीयको गुनासो छ । मुक्त हलिया रहेका बगलेखका गम्भीरे कोली भन्छन्, ‘जग्गा किन्ने बेला अनेक कुरा सुनाएर पानी समेत नभएको जंगलमा जमिन किन्न बाध्य पारे । किनिसकेपछि वास्तै गरिदिएनन् ।’

उनीहरुमध्ये १८ परिवारले बगलेखमा र १२ परिवारले उडीतोलामा घर बनाएका थिए । तर अहिले पूर्वाधारको अभावमा उनीहरु नयाँ घरमा बस्न सकेका छैनन् ।
पूर्व सांसद समेत रहेका मुक्त हलियाका नेता मोहन बमले जमिन खरिद गर्ने बेला खानेपानी, विद्यालय र विद्युत् बस्तीमै पुर्याइदिने आश्वासन दिएको बताउँछन् गाउँलेहरु ।

तर अहिले त्यस्तो केही नहुँदा बस्न नसकेको उनीहरुको गुनासो छ । मुक्त हलिया मौरी नेपाली भन्छिन्, ‘घरमा पटक पटकआएर किन्ने भए किन, नभए पैसा फ्रिज जान्छ । आखिर तिमीहरुले केही पनि पाउँदैनौ भने । गाडीमै हालेर मालपोत कार्यालय लगे, गाडीमै घर पु¥याइदिए । आफ्नै नेताहरुले राम्रै हुन्छ, सरकारबाट अरु पनि सेवा सुविधा पाइन्छ भनेपछि हुरुक्कै भएर जमिन किन्यौँ । तर अहिले केही सुविधा छैन ।’

अधिकांश मुक्त हलिया जमिन खरिदका लागि जमिनका मालिक मोहन बमको विश्वासमा परेर आफूहरु ठगिएको आरोप लगाउन थालेका छन् । मोहन बम भने हलियाहरुको इच्छा अनुसार नै जमिन किनाएको बताए । ‘मेरो जमिन हो, मैले कसैलाई पनि बेच्न सक्छु । तर मैले जमिन बेच्ने बेला कसैलाई आश्वासन दिएको थिइनँ,’ नेता मोहन बम भन्छन् ।

घर बनाएको जमिन नै विवादित

पुर्वी चौकी गाउँपालिका वडा नम्बर २ बगलेकका ३० मुक्त हलिया परिवारमध्ये गाउँसँगै जोडिएको  बाटेओखड जंगलमा १८ हलिया परिवारले साँघुरा तीन कोठे झुपडी बनाएका छन् । १२ परिवारले भने दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ७ उडीतोलामा बनाए ।

तर बाटेओखड जंगलमा मुक्त हलियाले किनेर घर बनाएको जमिन ०७४ सालदेखि नै विवादित जमिन रहेको उनीहरुले अहिले मात्रै थाहा पाएका छन् । बाटेओखडमा रहेको जमिन १४ मुक्त परिवारले सहदेव खाती र चार परिवारले बिमला बमको जमिन १२÷१२ आनासम्म किनेर घर बनाएका थिए । बिमला मोहन बमकी श्रीमति हुन् ।
मुक्त हलियाहरुले खरिद गरेको बाटेओखडको जमिन एक वर्षअघिसम्म मोहन बमकै हर्टीकल्चर प्रालीको नाममा थियो । ०७४ सालमा हलियाहरुको सामुहिक बस्ती बसाउन सरकारले नै जमिन खरिद गरी घर बनाएर उनीहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम ल्यायो । जसका लागि जमिन खरिद गर्न मात्रै ७८ लाख बजेट आएको थियो ।

यस क्रममा नेकपा विप्लवका नेताकार्यकर्ताले मालपोत कार्यालय प्रमुख सुनिल सागर जोशीलाई कमीसन खाएको भन्दै कालोमोसो दलेर दुव्र्यवहार समेत गरे ।
पुर्नस्थापनाका लागि छनोटमा परेका एक सय परिवारलाई जमिन र घर निर्माणका लागि नगद नै दिने गरी बजेट आएको थियो । ०७४ को बजेट विवादका कारण फ्रिज गएको कुरा नजिर बनाउँदै माफियाहरुले हतारमा जमिन खरिद गर्न लगाएको स्थानीय मुक्त हलिया प्रकाश बिकको आरोप छ । त्यसो त मुक्त हलियाका लागि बनाइएका नयाँ घर मापदण्ड समेत पूरा भएका छैनन् । यसले पनि उनीहरु नयाँ घरमा बस्न तयार छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.