मिडिया काउन्सिल विधेयक विरुद्ध धादिङका पत्रकार

मिडिया काउन्सिल विधेयक विरुद्ध धादिङका पत्रकार

धादिङ : मिडिया काउन्सिल विधेयक संशोधनको माग गर्दै धादिङका पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अगुवाईमा शुक्रबार बिहान पत्रकारहरुले धादिङबेसीमा एक घण्टा संचार सामग्रीहरु प्रदर्शन गरेका हुन्।

विधेयकको विरोधमा यसअघिबाटै आन्दोलन थालेको महासंघले सरोकारवाला निकायसँगको छलफलपछि आन्दोलनका कार्यक्रम सुरु गरेको छ। महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानून संसोधन गरी सरोकारवालसँग छलफल र सहमतिपछि मात्र मिडिया सम्बन्धी कानून बनाउन सरकारलाई आग्रह गर्दै आएको छ।

धर्नापछि बोल्दै धादिङ शाखाका अध्यक्ष नवराज छत्कुलीले पत्रकारले समाचार लेख्नै नपाउने र नसक्ने गरि आउन लागेको कानुन सच्याउनुपर्ने बताए। सरकारले विधेयक नसच्याए आगामी दिनमा पत्रकार महासंघ केन्द्रले निणर्य गरे बोमोजिमका आन्दोलनका कार्यक्रमहरुलाइ धादिङमा पनि निरन्तरता दिने पनि छत्कुलीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.