युवा संघद्वारा चार व्यक्तित्व सम्मानित
काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले मुलुकभित्र विविध विधामा समुदायमा उत्प्रेरणा जनाई उदाहरणीय हुने ४ व्यक्तित्वलाई राष्ट्रिय सम्मान गरेको छ।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा उनीहरूलाई राष्ट्रिय सम्मान गरेको हो। सम्मानित हुनेमा कान्तिपुर टेलिभिजनका सिइओ शिशिर पछाई, क्रिकेटर पारस खड्का, तेकन्डो खेलाडी पलेशा गोवर्धन, आइटी व्यावसायी अस्कर अलि रहेका छन्। सम्मानपत्रसहित दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरिएको थियो।
'पछिल्लो समयमा नेपाली समाजमा योजनाबद्ध रूपमा निराशाको खेती चालाइरहँदा उहाँहरूले नेपालमा सम्भव छ, गर्न सकिन्छ र युवाले नै पहलकदमी गर्ने हो भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ,' संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीले भने।
प्रतिक्रिया दिनुहोस !