संचार सामग्री सहित नुवाकोटका पत्रकारकाे विरोध पदर्शन

संचार सामग्री सहित नुवाकोटका पत्रकारकाे विरोध पदर्शन

नुवाकोट : मिडिया काउन्सिल विधेयकको विरोधमा नुवाकोटमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ नुवाकोटको आह्वानमा विभिन्न सन्चारमाध्यममा आवद्ध पत्रकारहरुले शुक्रबार विदुरचोकमा विरोध पदर्शन गरेका हुन्। 

 धर्नामा सहभागीहरुले सरकारले प्रस्ताव गरेको मिडिया काउन्सिल विधेयकले पत्रकारहरुको पेशागत असुरक्षा बढेको जनाएका छन्। देशमा परिवर्तन, प्रजातन्त्र र लोकतन्त्रका लागि कलम चलाएका पत्रकारहरुलाई नै प्रत्युपादक हुने गरि विधेयक प्रस्ताव गरिएकोमा त्यसले पत्रकारको असुरक्षा र पलायनको वाटो मात्र खुल्ला गरेको पत्रकारको ठहर छ। 

सहभागीहरुले आआफ्ना संचार उपकरणहरु सडकमै राखेर विरोध जनाएका छन्। पेशागत सुरक्षा कायम गरिनुपर्ने, मिडिया काउन्सिल विधेयक खारेज गरिनुपर्ने, पत्रकारिताको स्तर वृद्धिका लागि परीक्ष लिइनु पर्ने माग गरेका हुन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.