१९ प्याकेट ब्राउन सुगरसहित एक पक्राउ
जुम्ला : लागुऔषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन्। चन्दननाथ नगरपालिका–१ तलिचौर निवासी वर्ष २५का रमेश शाही बिहीबार पक्राउ परेका हुन्। शाहीले आफ्नै घरमा लागु औषध (ब्राउन सुगर) सेवन, संचय तथा ओसार पोसार गरीरहेको गोप्य सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको डिएसपि सिताराम रिजालले बताए।
प्रहरीले उनको घरमा खानतलासी गर्दा सुत्ने कोठाको टेलिभिजन राख्ने ¥याकमाथि सेतो प्लाहिकको निलो सानो डब्बा भित्र सेतोकालो प्लाष्टिकको १९ पुरिया ब्राउन सुगर रोखेको फेला परेको छ।
चालु आर्थिक बर्षमा लागु औषध ब्राउन सुगर बरामद र कारवाही मुद्दामा पाँच जना दोषी ठहरीएका छन्। भने चार जनामाथी अनुसन्धान कार्य जारी छ। अदालतले दोषी ठह¥याइएका पाँच जनामध्य दुई जना बालक छन्।
प्रतिक्रिया दिनुहोस !