‘साढे तीन हत्या’ सार्वजनिक
काठमाडौं : रुपक अधिकारीको औपन्यासिक कृति ‘साढे तीन हत्या’ सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. जगतप्रसाद उपाध्यायले उपन्यास सार्वजनिक गरेका हुन्।
सदस्यसचिव उपाध्यायले स्नातक सकेका युवाले लेखेको पहिलो कृति उपन्यास नयाँ लेखकको जस्तो नलाग्ने बताए। उनले भने, ‘लेखक युवा तर विषयवस्तु पौढ, विषयवस्तुको प्रस्तुति पनि माझिएको छ।’ प्रकाशकका तर्फबाट अच्युत घिमिरे बुलबुलले साढे ती हत्या युवाको विषय भएको र फरक प्रयोग गरिएको बताए।
कृतिमाथि समीक्षा गर्दै सरोज घिमिरेले पाठकलाई लेखकको पहिलो कृति भन्ने अनुभूति नहुने र पढ्दै जाँदा कृतिले जीवनका लागि गज्जवको सन्देश दिने बताए। उपन्यासकार अधिकारीले युवावस्थाका नकारात्मक र सकारात्मक दुवै पक्ष खोतल्दै जीवन मर्न नभई बाँचेर केही गर्न पाइएको निष्कर्षसहितको सन्देश दिएको बताए। उपन्यास एडीबी प्रकाशनले बजारमा ल्याएको हो।