विद्युत् सर्ट हुँदा आगलागी, ५ लाखको क्षति
राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा गएराति बिजुलीको तार सर्ट भइ आगलागी भएको छ ।
सिताराम यादवको काठको मिलमा अचानक बिजुलीको तार सर्ट भइ आगलागी हुँदा करिब पाँच लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट काठ, काठ चिर्ने मेशिन र चिरान घर समेत नष्ट हुँदा उक्त परिमाणको क्षति भएको डिएसपी भावेश रिमालले बताए ।
प्रतिक्रिया दिनुहोस !