दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज : सप्तरीको रुपनी गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको स १ त ७४०४ नम्बरको ट्रयाक्टर र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ५ प ४०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका ११ निवासी २२ वर्षीय मनिष चौधरीको मृत्यु भएको हो।

रुपनी गाउँपालिका ६ जगमोहन चौक नजिकै भएको दुर्घटनामा मोटरसाइकल पछाडी सवार स्थानीय २० वर्षीय सत्य माझी घाइते छन्। माझीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सप्तरी प्रहरीले जनाएको छ। 

ट्रयाक्टर र चालकलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.