नेपालीका समस्याबारे आयरल्यान्डमा छलफल

नेपालीका समस्याबारे आयरल्यान्डमा छलफल

आयरल्यान्ड : नेपाली कांग्रेसको आयरल्यान्डस्थित नेपाली जनसम्पर्क समितिले त्यहाँ बस्ने नेपालीका समस्याका बारे अन्र्तक्रिया गरेको छ।  समन्वय समितिको वैदेशिक रोजगार तथा आप्रवासन विभागले कर्क शहरमा कार्यक्रम गरेको हो। काँग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो। 

सो कार्यक्रममा बोल्दै उनले विदेशमा रहने नेपालीहरू आपसमा सहकार्य गर्दै मिलेर बस्नुपर्ने बताए।  पूर्वमन्त्रीसमेत रहेका बलायरले अहिले नेपालको कम्युनिस्ट नेतृत्वको सरकारले चौतर्फी दृष्टिकोणबाट देशलाई कङ्गाल बनाएको आरोप लगाए। ‘कांग्रेसले अब कम्युनिस्ट सरकारको सदन र सडकबाट प्रतिकार गर्नुपर्छ’ सम्बोधन गर्दै उनले भने, ‘देशमा रोजगारको अवसर सृजना गरि विदेशीएका नेपालीहरूलाई स्वदेश फिर्ता गर्ने वातावरण बनाउनुपर्छ।’ 

कार्यक्रममा गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नवराज कोईरालाले विदेशमा रहेका नेपालीहरू आफ्नो संस्कृतिबाट टाढा रहन नसक्ने र गैर आवासीय नेपालीलाई पनि नेपाली नागरिकता दिनुपर्ने धारणा राखे। 

नेपाली जनसम्पर्क समिति आयरल्याण्डका अध्यक्ष शुक्रराज न्यौपानेले आयरल्याण्डमा समस्या परेका हरेक नेपालीलाई समितिले सहयोग गर्दै आएको बताए। आयरल्याण्डका कोषाध्यक्ष लक्ष्मी सापकोटाले  स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सहमहामन्त्री अंकित वलीले गरेका थिए। 

कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष गणेश प्रसाईं , आईसीसी मेम्बर राजन काफ्ले , कर्क नेपाली समाजका अध्यक्ष लोकनाथ त्रिपाठी, लिम्रिक समाजका अध्यक्ष लक्ष्मी पौडेल, नर्धन आयरल्यान्डका अध्यक्ष लिलारम निउरे ,नारायण कडेँल, वसन्त न्यौपाने, वीरेन्द्र अधिकारी, अमृत जोशी, लोकेश धामी ,सन्जय अधिकारी, राम गुरूङ्ग, रुपेश रेग्मी राजकुमार महतलगायत आयरल्याण्डमा रहेका अधिकांश संस्थामा आबद्ध नेपाली उपस्थित थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.