जथाभावी नलेख्न पत्रकारलाई सञ्चारमन्त्रीको सुझाव

जथाभावी नलेख्न पत्रकारलाई सञ्चारमन्त्रीको सुझाव

मलंगवा : संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्य तथ्य लेख्ने पत्रकारलाई मिडिया विधेयकले केही फरक नपार्नेे बताएका छन्।

सर्लाहीको हरिवनमा रेडियो सर्लाहीको ११ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित सामुदायिक रेडियोको भूमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटा यस्तो बताएका हुन्। मन्त्री बाँस्कोटाले गणतन्त्रको पत्रकारिता पूर्णरुपमा व्यवसायिक हुनु पर्नेमा जोड दिए। 

‘भष्टाचारीलाई सजाय हुन्छ। भ्रष्टाचार नगर्नेलाई सजाय हुँदैन्। समाचार लेखे बापत कसैलाई सजाय हुदैंन्’, उनले भने, ‘तर, हातमा कलम छ भनेर जथाभावी लेख्नु भएन।’ 

उनले मिडियालाई स्वनियम लागू गर्ने छुट भएको प्रष्ट पारे। ‘आफ्नो नियम आफै बनाउने छुट मिडियालाई दिएका छौँ‘,  मन्त्री बाँस्कोटाले भने, ‘त्यो भन्दा बाहिर गएर काम गरे कारबाही हुन्छ।’ यस्तो कुरा गर्दा कतिपयले राज्यले पत्रकारको कलम थुत्न लाग्यौं। घाँटी नै थिच्न लाग्यौं भनेर आरोप  लगाएका छन्। तर, त्यो होइन।’

सरकारप्रति आँखा चिम्लेर विश्वास गर भन्न नखोजेको उनले प्रष्ट पारे। ‘हामीले भन्न खोजेको हातमा कलम छ भनेर जात्रामा नाङ्गो तरबार लिएर बौलाएको जस्तो गर्नु भएन भन्ने हो।’ 

एउटा समाचारले असल मान्छेको चरित्र हत्या गर्यो भने उसको के हुन्छ ? त्यसकारण अबको नेपालको मिडियाले आत्म समीक्षा गर्नु पर्ने बेला आएको उनले प्रष्ट पारे। आजको पत्रकारितालाई कुनै शासनको विरुद्ध लड्नु पर्ने आवश्यकता नभएको उनको भनाइ छ। 

‘मिथ्या पत्रकारिता गर्र्नेले मिडिया विधेयकबाट डराउनु पर्छ’, उनले भने, ‘तथ्य परक पत्रकारिता गर्नेले डराउनु पर्दैन्।’पत्रकारिता समाजको ऐना हो। ऐनाले जस्ताको त्यस्तै देखाउँछ। तर, त्यसले गडबड गर्यौ भने के हुन्छ ? उनले पत्रकारप्रति प्रश्न गर्दै भने। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.