जंगली हात्ती लखेट्न हवाइ फायर

जंगली हात्ती लखेट्न हवाइ फायर

राजविराज : जंगली हात्तीको आतंक रोक्न प्रहरीले शुक्रबार मध्यराति प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ ।

कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणबाट जोगाउन प्रहरीले रुपनी गाउँपालिकाको विभिन्न क्षेत्रमा हवाइ फायर गरेको बताएको हो ।जंगली हात्तीको समूह नै बस्तीमा प्रवेश गर्न खोजेपछि प्रहरी टोलीले हवाइ फायर गरी जंगली हात्तीलाई धपाएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए ।

आरक्ष क्षेत्रबाट निस्केको हात्तीको समूह आसपासको जंगल हुँँदै गाउँमा प्रवेश गरेको खबर पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । आरक्षको जंगलमा बस्ने हात्ती दुई सातादेखि रातको समयमा गाउँ प्रवेश गर्न थालेपछि रुपनी र अग्नीसाइर कृष्णासवरण गाउँपालिका तथा कञ्चनरुप नगरपालिका बासिन्दा आतंकित बनेका छन् ।

हात्ती आतंकका कारण उक्त क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । लौका खेतीको सुरक्षार्थ खेत गएका सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवाका ६० वर्षीय गोसाइ चौधरीको जेठ ५ गते हात्तीको आक्रमण परी मृत्यु भएको थियो ।

हात्तीको आक्रमणमा परी सप्तरीमा एक वर्षभित्र ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस वर्ष हात्तीले ४८ वटा घर भत्काउनुका साथै एक सय विगाह भन्दा धेरै जमिनमा लगाइएको अन्नबाली नष्ट गरेको स्थानीय कृषक भवानीप्रसाद चौधरीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.