प्रधानमन्त्रीले बेलायती राजकुमार भेट्ने

प्रधानमन्त्रीले बेलायती राजकुमार भेट्ने

 लन्डन  : बेलायत आएको भोलिपल्ट प्रधानमन्त्री केपी ओलीले बेलायती राजकुमार ह्यारीलाई भेट्ने निश्चित भएको छ । आगामी मंगलबार केन्सिङगटन प्यालेसमा प्रधानमन्त्री ओली र राजकुमार ह्यारीबीचको भेट तय भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । तीनदिने औपचारिक भ्रमणका लागि ओली सोमबार साँझ लन्डन आइपुग्नेछन् ।

दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार प्रधानमन्त्री ओली र ह्यारीबीच द्विपक्षीय हितसम्बन्धी विविध विषयमा छलफल हुनेछ । प्रधानमन्त्री ओलीले मंगलबार दलमा राजीनामा दिइसकेकी बेलायती प्रधानमन्त्री टेरिसा मेसँग १० डाउनिङ स्ट्रिटस्थित उनकै कार्यालयमा भेट्ने कार्यक्रम छ । सोही दिन बेलायती राजपरिवारको प्रतिनिधिका रूपमा राजकुमार ह्यारी र प्रधानमन्त्रीबीचको भेट तय भएको हो ।

राजकुमार ह्यारीसँगको भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीबाहेक मन्त्रीहरू सहितका उच्चाधिकारी सहभागी हुनेछन् ।‘प्रधानमन्त्रीको बेलायत भ्रमण क्रममा राजपरिवारको प्रतिनिधिसँग हुने औपचारिक भेटघाट महŒवपूर्ण अवसर हो’, लन्डन दूतावासका प्रवक्ता आरन भन्छन्, ‘यसले प्रधानमन्त्रीको बेलायत भ्रमणलाई थप अर्थपूर्ण बनाउने मात्र होइन, दुई देशबीचको पुरानो मित्रतालाई थप उचाइमा पु¥याउने काम पनि गर्नेछ ।’

राजकुमार ह्यारीसँगको भेटलाई बेलायत र यहाँको राजपरिवारले आफ्नो नेपालसँगको सम्बन्धलाई दिएको विशेष महŒवका रूपमा समेत हेरिएको छ ।

बेलायती राजपरिवारभित्र नेपालसँग नजिक मानिने राजकुमार ह्यारीले भूकम्पको १ वर्षपछि केही साता नेपालमै बसेर पुनर्निर्माणमा स्वयंसेवा गरेका थिए । उनले बेलायती सेनामा कार्यरत गोर्खाहरूको इमानदारी र साहसको कैयौंपटक प्रशंसासमेत गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा भाग लिन अहिले स्विट्जरल्यान्डमा रहेका प्रधानमन्त्री ओली २७ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै सोमबार साँझ लन्डन उत्रिनेछन् । त्यसलगत्तै उनले अक्सफोर्ड विश्वविद्यालयमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्ने र दुई दिन बेलायत बसेर फ्रान्स लाग्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.