प्रधानमन्त्री बेलायत भ्रमण सकेर फ्रान्सतर्फ

प्रधानमन्त्री बेलायत भ्रमण सकेर फ्रान्सतर्फ

लण्डन : प्रधानमन्त्री केपी ओली बेलायतको तीन दिने औपचारिक भ्रमण पूरा गरेर बुधबार दिउँसो लण्डनबाट फ्रान्सतर्फ लागेका छन् । उनी युरो ट्रेनमा फ्रान्स लागेका हुन् ।

सोमबार बेलुका बेलायत आइपुगेका प्रधानमन्त्री ओलीले मंगलबार बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरिसा मे, प्रमुख विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन, सांसदहरु सहितका उच्च बेलायती अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।

ब्रेक्जिटका कारण उत्पन्न चरम राजनीतिक अस्थिरता र प्रधानमन्त्रीको बहिर्गमनको मुखैमा भएको नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीच कुनै पनि सम्झौताहरु भने हुन सकेनन् । लण्डनबाट रेलमार्ग हुँदै फ्रान्स प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीले लण्डनस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै भने, ‘नेपालको सबैभन्दा पुरानो मित्र राष्ट्रका रुपमा नेपाल र नेपालीहरुको हृदयमा बेलायतको विशेष स्थान रहेको छ ।’

बेलायती प्रधानमन्त्रीको निमन्त्रणामा सम्पन्न आफ्नो बेलायत भ्रमणले दुई देशबीच रहँदै आएको घनिष्ठ सम्बन्धलाई थप बलियो बनाएको भनाइ प्रधानमन्त्रीको थियो । बेलायत नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र हो । ‘दुईसय वर्षअघि स्थापना भएदेखि नै हाम्रो सम्बन्ध मित्रता, सद्भाव र आपसी समझदारीको जगमा विकसित हुँदै आएको छ,’ प्रधानमन्त्रीले भने , ‘यस अवधिमा बेलायतले हामीलाई दिंदै आएको सम्पुर्ण सहयोगहरुका लागि हामी कृतज्ञ छौँ । बेलायतसँगको यो मित्रतालाई भविष्यमा पनि हामी उच्च महत्वका साथ निभाउँदै जानेछौं ।’ नेपालले बेलायतसँगको आपसी सहकार्यलाई अब एक आर्थिक साझेदारका रुपमा अगाडि बढाउन चाहेको उनले बताए ।
‘बेलायत असजिलो परिस्थितिमा पनि नेपालको मित्र हो । जुन कुरा भूकम्पका बेला बेलायतले पु¥याएको सहयोगले प्रमाणित गरेको छ,’ प्रधानमन्त्रीले भने । नेपाल सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नमा विदेशमा बस्ने नेपालीहरुको महत्वपुर्ण भुमिका रहने धारणा प्रधानमन्त्रीले व्यक्त गरे । नेपालको लागि डायस्पोराका नेपालीबाट हुंदै आएको महत्वपुर्ण योगदानको उनले प्रशंसा गरे ।

विदेशमा बस्ने नेपालीहरुलाई ज्ञान, सीप आर्जन गरेर स्वदेश फर्किन आग्रह गर्दै प्रधानमन्त्रीले भने, विदेशमा बसेर तपाईंहरुले र विभिन्न ज्ञान, सीप आर्जन गर्नुहोस् । यहाँका कारोबारहरु पूरा गर्नुहोस् र सकेसम्म छिटो नेपाल फर्किनुहोस् । बेलायती सेनामा कार्यरत गोर्खाहरुको वीरता र योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले बेलायत र नेपालबीचको मैत्रीपुर्ण सम्बन्धको प्रमुख आधार नै गोर्खाहरु रहेको जनाए ।

बन्दुक देख्दा नतर्सिनेहरु खुकुरी देख्दा तर्सिन्छन् भन्दै प्रधानमन्त्रीले गोर्खाहरुले नेपालीहरुको इमान्दार र वीरतापुर्ण छविलाई संसारभर फैलाउने काम गरेको बताए । त्यसअवसरमा बेलायतको एसिया प्यासिफिक हेर्ने राज्य मन्त्री मार्क फिल्डले प्रधानमन्त्री ओलीको बेलायत भ्रमणलाई २ देशबीचको प्रगाढ सम्बन्धको उदाहरणका रुपमा व्याख्या गरेका थिए ।

सोमबार साँझ लण्डन आइपुगे लगत्तै प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गरेका थिए । मंगलबार उच्च बेलायती अधिकारीहरुको साथै उनले बेलायतस्थित भूपू गोर्खा, नेकपा कार्यकर्ता, गैरआवासीय नेपाली संघ एवं ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि लगायतका नेपालीलाई पनि भेटेका थिए । प्रधानमन्त्रीलाई मंगलबार साँझ बेलायती सेनाको गोर्खा ब्रिगेडको मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.