चट्याङले वृद्धको मृत्यु
नुवाकोट : नुवाकोटको पश्चिमी भेगमा रहेको साल्मेमा चट्याङले एक वृद्धको मृत्यु भएको छ ।
किस्पाङ गाउँपालिका ४ साल्मेका ७४ वर्षीय फइलामा तामाङको मृत्यु भएको हो । वस्तु चराएर घर फर्किदै गरेका तामाङलाई चट्याङ लागेको प्रहरी उपरीक्षक कृष्णाबहादुर माल्लीमगरले जानकारी दिए
चट्याङ लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि नुवाकोट जिल्ला अदालत लाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस !