बेलायतको वीत्तीय अवलोकन विमोचन

बेलायतको वीत्तीय अवलोकन विमोचन

काठमाडौं : 'बेलायतको वित्तीय अवलोकन'को शुक्रबार विमोचन गरिएको छ। लामो समयदेखि बेलायतमा प्राध्यापन गर्दै आएका विकलचन्द्र आचार्यको उक्त कृति नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर तथा दीपेन्द्रबहादुर क्षेत्रीले गरेका छन्। पुस्तकमा बेलायतका आर्थिक पक्ष र नेपालका आर्थिक पक्षको तुलना गरिएको छ। प्रमुख अतिथि क्षेत्रीले बेलायत पुँजीवादी मुलुक भए पनि जनताको सुविधाप्रति चिन्तित भएको र राम्ररी सम्बोधन गरिएको बताए। 

यसैगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटाले पुस्तकबाट विभिन्न क्षेत्रका ज्ञान लिन नेपाली पाठकलाई सहज हुने चर्चा गरे। राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले पुस्त्कबाट वित्तीय क्षेत्रमा सुधार गर्ने विषयलाई प्राथमिकता दिइएको उल्लेख गरे।

 लेखकले प्रवासमा रहँदा त्यहाँ देखिएका उपलब्धि मातृभूमिमा पनि भए हुन्थ्यो भन्ने विचार आउने बताए। लेखकले 'लन्डनमा मुटु दुख्दा', 'कोरोनरी मुटु रोग' जस्ता स्वास्थ सम्बन्धी र 'बेलायती आँगनमा गोरखाली सुवास' र 'मोह' जस्ता साहित्यका कृति पनि रचना गरेका छन्। कार्यक्रममा नेपाल बैंकका अध्यक्ष वासु अधिकारी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र मित्रलाल पंज्ञानीले पनि पुस्तकबारे चर्चा गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.