२९ अर्बको बजेट ल्याउँदै सुदूरपश्चिम सरकार

२९ अर्बको बजेट ल्याउँदै सुदूरपश्चिम सरकार

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै छ। आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि झण्डै २९ अर्बको बजेट ल्याउने तयारी गरेको हो। चालु आर्थिक वर्षको भन्दा झण्डै चार अर्ब बढि २९ अर्बको बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको हो।

प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको थियो। प्रदेश सरकारले संवैधानिक व्यवस्था अनुसार आइतबार दिउँसो साढे ४ बस्ने प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने छ। तीन वर्षभित्र कृषिमा आत्मनिर्भर हुने गरी बजेट ल्याउन लागेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुरर बोहराले जानकारी दिए। 

बजेटले विकट जिल्लाहरूलाई प्राथमिकतामा राखेको उनले बताए। ‘कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ। बजेट पनि त्यसरी नै निर्माण गरेका छौँ,’ मन्त्री बोहराले भने, ‘पूर्वाधार विकासलाई पनि बजेटमा प्राथमिकता दिँदैछौँ ।’

वैदेशिक आयात प्रतिस्थापन गर्ने खालका कार्यक्रम बजेटमा समावेश हुने बताइएको छ। ‘स्वास्थ्य, शिक्षा, सामाजिक विकास, आयात प्रतिस्थापनलगायत विषयलाई उत्तिकै प्राथमिकता दिएका छौँ,’ मन्त्री बोहराले भने।

सरकारले चालू वर्षको नीति तथा कार्यक्रममा प्रदेशमा लगानी सम्मेलनदेखि जलयातायात सञ्चालनमा ल्याउनेसम्मका कार्यक्रम समावेश गरेको थियो। एक स्थानीय तह : एक औद्योगिक उत्पादन, नमुना कृषि गाउँ आफैँ बनाऔँ कार्यक्रम तथा एक घर एक तालिम प्राप्त व्यक्ति हुने गरी कृषि र पशुपन्क्षी सम्बन्धी तालिम सञ्चालन गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश छन्। लगानी सम्मेलन गर्ने, सेती र महाकाली अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति गर्नेलगायतका योजना नीति तथा कार्यक्रममा समावेश गरिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.