ल्हासामा बीआरआई मञ्चमा नेपाललाई प्राथमिकतामा

ल्हासामा बीआरआई मञ्चमा नेपाललाई प्राथमिकतामा

बेइजिङ : चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासामा तिब्बत विकास मञ्च २०१९ आयोजना भएको छ। तिब्बतको समग्र विकास र बीआरआईको भूमिकासम्बन्धमा आयोजित ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र तिब्बतको खुलापन तथा विकास’ शीर्षकको मञ्चमा चिनियाँ विज्ञसहित विभिन्न देशबाट आएका विशेषज्ञले तिब्बतले गरेको प्रगति र विकासका अवधारणा प्रस्तुत गर्दै अन्तरक्रिया गरेका छन्।

जुन १४ शुक्रबार भएको अन्तरक्रियामा सहभागी ट्रान्स–हिमालयन मैत्री समाज नेपालका अध्यक्ष डा.राजीव झाका अनुसार सबै सहभागीले नेपाललाई रेलबाट जोड्नुपर्ने विचार राखेको र रेल नेपाललाई तेस्रो मुलुकसँग जोड्ने प्रमुख माध्यम हुने चर्चा गरे। साथै लात्भियाका सहभागीले हिमाल वारिपारि रेल निर्माणमा लागत खर्च अनुमान २ अर्ब ३० करोड अमेरिकी डलर भएकाले त्यसमा ध्यान दिन आवश्यक रहेको औंल्याए।

कार्यपत्रसमेत प्रस्तुत गरेका डा. झाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई तिब्बतसँग जोडेर धार्मिक कनेक्टिभिटी बढाउँदै धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने उल्लेख गरे। नेपाल दक्षिण एसियाका लागि एक मात्र प्रवेश द्वार भएकाले दुई देशका जनताबीच चौतर्फी सम्पर्क विस्तार गर्दै जानुपर्ने पनि उनले औंल्याए।

सन् २०२२ मा शिगार्चेबाट केरूङसम्म रेल पुर्‍याउने चीनको लक्ष्य छ। यसै अवधिमा नेपालले पनि आफ्नो पक्षमा रेल निर्माण गर्न सके दुई देशले छिटो फाइदा उठाउन सक्ने छन्। मञ्चमा तिब्बत जनसरकार प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले ६० वर्षमा गरेका विकासका तथ्यांक प्रस्तुत गर्दै नेपालसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताए। मञ्चलाई चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पठाएको बधाई सन्देशमा छिङहाई (पठारी भूमिमा अवस्थित तिब्बत) चीनको पर्यावरणको महत्वपूर्ण रक्षक, राष्ट्रकै विशेष संस्कृति संरक्षक तथा विश्व पर्यटनको गन्तव्य भएको उल्लेख गरेका छन्।

यस वर्ष नयाँ चीन स्थापना भएको सत्तरीऔं र तिब्बतमा प्रजातान्त्रिक सुधार भएको साठीऔं वर्ष भएको भन्दै सीले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा तिब्बतमा इतिहासकै सबैभन्दा व्यापक तथा गहन सामाजिक विकास भएको र लाखौंलाख भूदास मुक्त भएर देश र समाजको मालिक बनेको पनि सन्देशमा उल्लेख छ। चीनको राज्य परिषद्को प्रेस कार्यालय र तिब्बत स्वायत्त प्रदेश जनसरकारले संयुक्त आयोजना गरेको मञ्चमा ५७ राष्ट्रका ६९ विज्ञ, नेता र पत्रकारको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.