प्रदेश ५ को घोषणा : पिछडिएका वर्गका प्लस टू पढ्ने छोरीलाई मासिक एक हजार

प्रदेश ५ को घोषणा : पिछडिएका वर्गका प्लस टू पढ्ने छोरीलाई मासिक एक हजार

बुटवल : पाँच नम्बर प्रदेश सरकारले कक्षा ११ मा भर्ना हुने थारु, मुस्लिम, मुक्त कम्लरी र दलित समुदायका छात्रालाई प्रदेश सरकारले मासिक एक हजार छात्रवृत्ति दिने भएको छ। यी समुदायका छात्राहरू कलिलो उमेरमै विहे गर्ने र उच्च शिक्षा नलिने बढी भएपछि सरकारले यो कार्यक्रम ल्याएको हो। यसले उच्च शिक्षा लिने छात्राको संख्यामा उल्लेख्य बृद्धि हुने सरकारको अपेक्षा छ।

आगामी आर्थिक वर्षदेखि लागू हुने यो कार्यक्रमले उच्च शिक्षा अध्ययनका लागि अभिप्रेरित गर्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताए। प्रदेश ५ मा थारुको जनसंख्या दोस्रो स्थानमा रहेको छ। अधिकांश छात्राहरू माध्यमिक शिक्षापछि अध्ययन छोड्ने प्रवृति रोक्नका लागि प्रोत्साहन स्वरुप छात्रबृत्तिको व्यवस्था गरिएको मुख्यमन्त्री पोखरेलले बताए। जसका लागि ४ करोड बजेट बिनियोजन गरिएको छ।

‘छोरीलाई उच्चा शिक्षाका लागि छात्रबृत्तिको व्यवस्था गरिएको छ, यसले उच्च शिक्षा अध्ययनमा सकारात्मक प्रभाव पार्नेछ, मुख्यमन्त्री पोखरेलले भने। प्रदेश सरकारले आइतबारको बजेटमाबाट उच्च शिक्षाका लागि प्राथमिकता दिदै कार्यक्रम ल्याएको उनले बताए। सरकारले प्राबिधिक विषय अध्ययनमा पनि छात्रबृद्धिका लागि बजेट बिनियोजन गरेको छ।

अनमी र अहेव पढ्ने मुस्लिम तथा अल्पसंख्यक समुदायका लागि समेत छात्रबृद्धि व्यवस्था गरिएको छ। यी समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना कम भएकाले  स्वास्थ्य विषय पढ्नका लागि प्रोत्साहन गर्न कार्यक्र राखिएको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री पोखरेलले बताए।

प्रदेश सरकारले शिक्षा क्षेत्रका लालगि ५७ करोड बजेट ल्याएको छ। त्यसबाट सामुदायिक क्याम्पसको शैक्षिक सुधार, विज्ञान विषय चलाएका क्याम्पसलाई अनुदान र प्राबिधिक शिक्षा सञ्चालनमा समेत खर्च गरिने कार्यक्रम रहेको छ। प्रत्येक गाउपालिकामा एउटा नमुना सामुदायिक विद्यालय बनाउदै शैक्षिक सुधारको अभियान थालिने योजना पनि ल्याइएको छ।

बजेट चैतभित्रै खर्च गरिने

मुख्यमन्त्री पोखरेलले चालु आर्थिक वर्षमा असोजबाट बजेट कार्यान्वयनमा लैजादा अपेक्षाकृत खर्च हुन नसकेको भन्दै आगामी बजेट साउनबाटै कार्यान्वयनमा जाने दाबि गरेका छन्। आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री पोखरेलले आगामी चैत्रभित्रै बजेट खर्च गरिसक्ने जिकिर गरे।

‘आठ महिनाभित्र बजेट कार्यान्वय सक्ने योजना बनाएका छौं, अव पहिला जस्तो कर्मचारी समस्या नरहेकाले त्यो सम्भव छ, उनले भने। पोखरेलले आइतबार प्रदेशसभामा ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट पेश गरेका थिए।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले आवधिक योजना र नीति तथा कार्यक्रममा आधारित रहेर बजेट बनाइएको बताए। चालु आर्थिक वर्षको बजेट ७० प्रतिशत खर्च भएको र संघको अनुदानबाट आएको मध्ये डेढ अर्ब बजेट बढी खर्च गर्न सफल भएको भन्दै उनले आगामी आवको बजेट ८ महिनामै खर्च गरीसक्ने बताए।

मुलुकको अर्थतन्त्र अझै काठमाडौं केन्द्रित रहेको भन्दै त्यस्तै प्रदेशहरूमा विकेन्द्रीत गर्नुपर्ने उनले बताए। ‘प्रदेश ५ काठमाडौं केन्द्रित अर्थतन्त्रलाई बाहिर ल्याउने गरी अघि बढेको छ, उनले भने। उनले अहिले ७ दशमलव ३७ प्रतिशत रहेको कुल ग्राहस्थ उत्पादनलाई ८ प्रतिशत पुर्‍याउने उनले बताए। पहिलो पटक योजनामा केन्द्रीत रहेर बजेट निर्माण भएकाले यसले कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रमा महत्वपूर्ण प्रभाव राख्ने बताए। सरकारका नया कार्यक्रमले आर्थिक बृद्धि र समृद्धिको अभियानमा सघाउने उनले जिकिर गरे।

मुख्यमन्त्री पोखरेलले साउनबाट नै प्रदेश लेखा नियन्त्रणलाई बजेट कार्यान्वयनको अख्तियार हुने बताए। तोकिएका योजनामा बजेट विनियोजन भएकाले कार्यान्वयनमा कुनै अन्योलता नहुने उनको जिकिर छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.