राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन माविलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन माविलाई

जाजरकोट : प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि त्रिभुवन माध्यमिक विद्यालय खलंगाले जितेको छ। १६ स्वर्ण, ८ रजत र ३ कास्य पदकसहित त्रिभुवन माध्यमिक विद्यालय खलंगाले प्रथम रनिङ्ग शिल्डको उपाधि हात पारेको हो।

नगरप्रमुख चन्द्रप्रकाश घर्तीले प्रथम हुने त्रिभुवन माविलाई नगद ३० हजार नगदसहित शिल्ड प्रदान गरेका छन्। भेरी नगरपालिकाको आयोजनामा राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ भगवती मावि कुदुमा गत ३० जेठदेखि प्रतियोगिताको आयोजना गरिएको थियो।

पाँच दिनसम्म भएको प्रतियोगितामा शिवशंकर मावि जगतिपुरले ५ स्वर्ण, ७ रजत र ३ कास्य पदकसहित दोस्रो र भगवती मावि कुदुले ५ स्वर्ण , ५ रजत र ७ कास्य पदकसहित तेस्रो स्थान ल्याएका छन्। द्वितीय र तृतीयलाई क्रमशः २५ हजार र २० हजार नगद प्रदान गरिएको छ।

भेरी नगरपालिका भित्रका विभिन्न १० वटा माध्यमिक विद्यालयका २ सय ५०  खेलाडीले भलिबल, कराते, एथेलेष्टिक अन्र्तगतका लामो तथा छोटो दूरीका दौड, त्रिपल जम्प, हाइ जम्प, लङ जम्प, ज्याभ्लिङ थ्रो, कपर्दीलगायतका १२ वटा खेल विधामा प्रतिष्पर्धा गराइएको नगरको शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृतिबहादुर थापाले बताए।

विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई उत्कृष्ट कप प्रदान गरिएको छ। छात्र भलिबलमा त्रिभुवन मावि प्रथम, दिपेन्द्र मावि भुर द्धितिय र विजय मावि काफलचौर तृतीय भए। छात्रा भलिबलमा विजय मावि काफलचौर प्रथम, सरस्वती मावि पुन्मा द्वितीय  र त्रिभुवन मावि तृतीय भए।

यस्तै छात्र कबड्डीमा त्रिभुवन मावि प्रथम, भगवति मावि कुदु द्वितीय र शंकरभवन मावि बाहुनथाना तृतीय भए।छात्रा कवड्डीमा पनि त्रिभुवन मावि प्रथम, शिवशंकर मावि जगतिपुर द्वितीय र शिव व्यवसायिक मावि कालेगाउँ तृतीय भए।

नगरस्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको समापन गर्दै भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले स्वस्थ नागरिक र स्वस्थ समाज निर्माणका लागि खेलकुद जरुरी रहेको बताए।खेलाडीले मात्र नभइ सबै नागरिकले खेलकुदमा सहभागी भएर आफूलाई स्वस्थ राख्ने काम गर्नुपर्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.