के हो डाक्टर दम्पत्तिको दाइजो विवाद ?

के हो डाक्टर दम्पत्तिको दाइजो विवाद ?

वीरगन्ज : बुधबार वीरगन्जमा डा. राजेश शाहले दाइजो विवादबारे प्रष्ट्याउन पत्रकार सम्मेलनको आयोजना गरे।श्रीमती डा. निलमसँगको सम्बन्धबारे जानकारी गराउँदै गर्दा उनी त्यहीँ पुगिन्।पत्रकार सम्मेलनमा निलम पुगेपछि दम्पत्तिको विवाद पत्रकारसामू छताछुल्ल भयो।

बिहेको समयमा माइती पक्षले दिएको दाइजो नपुगेर श्रीमानको परिवारले आफूलाई हिंसा र दुर्व्यवहार गरेको भन्दै केही दिनअघि पत्रकार सम्मेलन गरेकी थिइन्। 

विवाहका बेला माइती पक्षले ३५ लाख रुपैयाँ दिएको निमलमको दाबी छ। पुनः राजेशको परिवारले २५ लाख रुपैयाँ नगद वा एउटा कार मागेर मानसिक र शारीरिक यातना दिएको भन्दै निलम मिडियासम्म पुगेकी थिइन्।

श्रीमान राजेश भने दाइजोमा एक रुपैयाँ पनि नलिएको दाबी गर्छन्।‘बिहेका बेला दाइजोमा एक रुपैयाँ पनि लिएका थिएनौँ। अहिले थप २५ लाख नगद वा कार मागेको भन्ने आरोप निराधार हो’, उनी भन्छन्, ‘दाइजो मागेको प्रमाण छ भने म जस्तोसुकै सजाय भोग्न तयार छु।’

आफू र आफ्नो परिवारले निलममाथि घरेलु हिंसा नगरेको राजेशको दाबी छ। ‘एक त उनी पाँच वर्षदेखि मेरो घरमा बसेकी छैनन्, म पनि अध्ययनका लागि विदेशमा बस्दै आएको छु’, उनले भने, ‘अब यो अवस्थामा मैले वा मेरो बुबाआमाले उनीसँग कहिले र कसरी हिंसा गरे?’ उनले अब आफू श्रीमतीसँग बस्न नसक्ने भन्दै सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको बताए। 

‘अदालतमा डिभोर्सको मुद्दा विचाराधिन छ। अदालतको निर्णय जे आउँछ, म त्यसलाइ स्वीकार गर्छु’, उनले भने।
 
श्रीमानले गरेको पत्रकार सम्मेलनमा पुगेकी निलमले आफू अन्यायमा परेको बताइन्। अदालतको अन्तरिम आदेशपछि आफू श्रीमान्को घरमा बस्दै आएको उनको दाबी छ। ‘घरमा सासू, ससुरा, देबर सबै आउँछन्’, उनले भनिन्, ‘तर मेरो श्रीमान् कहिल्यै आउँदैनन्, म मेरो श्रीमान्सँगै बस्न चहान्छु।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.