नेपाली रेलवार्ता टोली बेइजिङमा

नेपाली रेलवार्ता टोली बेइजिङमा

बेइजिङ : काठमाडौं–केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न आएका नेपाली टोली बुधबार बेइजिङ आइपुगेका छन्। उक्त टोली छिङताओ सहरबाट उच्च गतिको रेलयात्रा गर्दै बेइजिङ आइपुगेका हुन्।

काठमाडौंबाट सोमबार चीन प्रस्थान गरेको उक्त टोली सछ्रवान प्रान्तको छङ्तु सहरबाट समुद्री सहर छिङताओ पुगेका थिए। 

चीनको राजधानी बेइजिङबाट करिब ५ सय ५० किलोमिटर टाढा पर्ने सानतोङ प्रान्तको छिङताओ सहरसम्मको हवाइ दूरी २९६.३२ नटिकल माइल्स छ।

छिङताओबाट बेइजिङसम्म करिब ४ घण्टाको उडान समय लाग्छ। सामान्यतया उच्च गतिको रेलबाट करिब पाँच घण्टामा यात्रा तय गर्नसकिन्छ। उच्च गतिको रेलबाट साढे तीन घण्टामा नै छिङताओबाट बेइजिङसम्म पुग्न सकिन्छ।

बेइजिङस्थित राजदूतावास स्रोतका अनुसार, नेपाली टोलीले छिङताओबाट बेइजिङसम्मको रेल यात्रा अनुभव बटुल्नका लागि गरेका हुन्। रेल सञ्चालन तथा सम्बन्धित् पक्षको जानकारी हेतु यस्तो कार्यक्रम तय भएको हो। 

काठमाडौं–केरुङ रेलमार्ग आयोजनाबारे भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको नेतृत्वमा आएको सात सदस्यीय टोलीले बिहीबार चिनियाँ टोली नेशनल रेल्वे अथोरिटीका पदाधिकारीसँग छलफल गर्नेछन्। 

विशेषत काठमाडौ–केरुङको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका विषयमा छलफल केन्द्रित रहने बताइएको छ। रेल सञ्चालन सम्बन्धमा मानवीय स्रोत विकासकाबारे पनि छलफल हुनेछ।

प्रधानमन्त्री केपी ओलीले २०७२ चैतमा चीनसँग गरेको व्यापार तथा पारवहन सम्झौतामा यो रेलमार्गलाई समावेश गरिएको थियो। साथै २०७६ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चीन भ्रमणका क्रममा पनि यो रेलमार्ग सम्बन्धमा डीपीआर अघि बढाउने विषयमा छलफल भएको थियो। 

सोही भ्रमणवधिमा दोस्रो बीआरआई फोरमले संयुक्त विज्ञप्ति जारी गर्दै चीनको बीआरआईमा समेत यो रेलमार्गलाई महत्वका साथ सूचीकृत गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.