नगरपालिकाले लियो डोटीका ५ टुहुरा बालबालिकाको जिम्मा

नगरपालिकाले लियो  डोटीका ५ टुहुरा बालबालिकाको  जिम्मा

डोटी : गत सोमबार राति कैंची प्रहार गरी बुवाले आमाको हत्या गरेपछि टुहुरा बनेका डोटीको दिपायल सिलगढी नगरपालिका ३ का ५ जना बालबालिकाको पठनपाठनको जिम्मा दिपायल सिलगढी नगरपालिकाले लिने भएको छ।

सोमबार राति घरायसी विवादलाई लिएर ४५ वर्षीय श्रीमान कृष्ण नेपालीले आफ्नै श्रीमती ४० वर्षे मीना नेपालीलाई लुगा काट्ने कैंची प्रहार गरी विभत्स हत्या गरेका थिए। आमाको हत्या अभियोगमा बुवा जेल जाने भएपछि उनका छोराछोरी टुहुरा बनेका हुन्। कृष्णका ५ छोराछोरीमध्ये जेठो छोरी सृजना कक्षा ११ मा पढ्दैछिन्।२० वर्षीया सृजनालाई तत्काल कुनै रोजगारीमा जोड्नका लागि पहल गर्ने दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताइन्।

त्यस्तै, १६ वर्षीय छोरा अंकित कक्षा ८ मा पढ्दैछन्। उनैले आमाको क्रिया गरिरहेका छन्। त्यसैगरी १२ वर्षीया छोरी सन्ध्या कक्षा ४ मा र ८ वर्षीया छोरी सोनीया कक्षा २ मा पढ्दैछन्।कान्छो छोरा विनायक एल केजीमा पढिरहेको वडा नं. ३ का वडाध्यक्ष चक्रबहादुर माझीले जानकारी दिए।

विपन्न दलित परिवारमा जन्मिएका ती बालबालिका बिचल्लीमा परेपछि स्थानीय सरकारको अनुभूति दिलाउने गरी उनीहरुलाई पठनपाठनको जिम्मा आफूले लिएको नगर प्रमुख मलासीले बताइन्। उनीहरुको घरमै पुगेर नगर प्रमुख मलासीले यस्तो बाचा गरेकी हुन्। आगामी शैक्षिक वर्षमा ति बालबालिकालाई आवासीय विद्यालयमा पठनपाठनको व्यवस्थाका लागि पनि नगरपालिकाले पहल गर्ने उनले बताइन्।

यसका साथै मृतकको परिवारलाई किरिया खर्चका लागि पनि नगरपालिकाबाट सहयोग प्रदान गर्ने उनले बताइन्। उता कैंचीप्रहार गरी श्रीमतीको हत्या गर्ने कृष्णका बारेमा विस्तृत अनुसन्धान भइरहेको र अनुसन्धान रिपोर्टसहित अदालत पेश गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.