बेइजिङमा चीन-नेपाल रेलवार्ता : छलफल प्राविधिक पक्षमा केन्द्रित

बेइजिङमा चीन-नेपाल रेलवार्ता : छलफल प्राविधिक पक्षमा केन्द्रित

बेइजिङ : नेपाल–चीन रेल्वे सहयोग सम्बन्धी चौथो द्विपक्षीय बैठक बिहीबार बेइजिङमा बसेको छ। काठमाडौं-केरुङ रेल आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा लाग्ने खर्चको लगानी मोडालिटीमा छलफल हुने भनिएको उक्त बैठक प्राविधिक पक्षतिर मात्र केन्द्रित रहेको छ। 

उक्त बैठकमा दुवै पक्षले नेपालमा रेल्वे क्षेत्रको विकासका लागि प्राविधिक ज्ञानको विकास एवम् मानव स्रोतको विकास र क्षमता अभिवृद्धि, रेल्वे इन्जिनियरिङ सम्बन्धी अध्ययन र तालिमको व्यवस्था, क्रस बोर्डर रेल्वेको सम्भाव्यता अध्ययन एवम् रेल्वे सहयोग सम्बन्धी आपसी हितका विविध विषयमा वार्ता गरेका छन्।

भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको नेतृत्वमा आएको टोलीले चिनियाँ टोली नेशनल रेल्वे अथोरिटीका पदाधिकारीसँग वार्ता गरेका हुन्। वार्ताको क्रममा नेपाली प्रतिनिधिमण्डलका नेता कार्कीले रेल्वे क्षेत्रको विकासका लागि चीनले प्रदान गर्दै आइरहेको सहयोगप्रति आभार प्रकट गरे। 

उनले दुई देशबीच यातायात सम्पर्कको विस्तारका लागि रेल्वेको महत्वपूर्ण भूमिका रहने बताएका थिए भने नेशनल रेल्वे अथोरिटीका तर्फबाट उपप्रशासक आन लुशङले नेपालमा रेल्वे विकासका लागि दुईपक्षीय सहयोग अन्तर्गत भइरहेको कार्य प्रगतिप्रति सन्तोष प्रकट गरे। बैठकमा चीनको सियानस्थित फस्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्यूटका प्रतिनिधिले नेपालका रेल्वे इन्जिनियरलाई उपलब्ध गराउने तालिमका बारेमा ब्रिफिङ गरेको  बेइजिङस्थित चीनका लागि नेपाली राजदूतावासले जनाएको छ। 

उक्त आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन चीनले आफ्नै खर्चमा गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ चैतमा चीनसँग गरेको व्यापार तथा पारवहन सम्झौतामा रेलमार्गलाई समावेश गरिएको थियो। 

सँगै २०७६ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चीन भ्रमणका क्रममा पनि रेलमार्ग सम्बन्धमा डीपीआर अघि बढाउने विषयमा छलफल भएको थियो। हाल डीपीआरमा लाग्ने खर्च पनि चीनले व्यहोरोस् भन्ने चाहना नेपालको रहेको छ। डीपीआर निर्माणमा मात्रै अर्बौं रुपैयाँ लाग्ने देखिएको छ। 

सोमबार काठमाडौंबाट चीन प्रस्थान गरेको उक्त टोली समुद्री सहर छिङताओ पुगेका थिए। छिङताओमा सीआरआरसी सिफाङ कम्पनीको अवलोकन गरी रेल्वे प्रविधिका क्षेत्रमा सो कम्पनीले गरिरहेको अनुसन्धानका बारेमा जानकारी लिई टोली छिङताओबाट उच्च गतिको रेलयात्रा गर्दै बेइजिङ आएका थिए। नेपाली टोली असार ७ गते नेपाल फर्कने छन्। 

नेपाल‒चीन रेल्वे सहयोग सम्बन्धी पाँचौँ द्विपक्षीय बैठक काठमाडौँमा आयोजना हुने राजदूतावासले जारी विज्ञप्तिमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.