बेसार–पानीका ५ फाइदा
![बेसार–पानीका ५ फाइदा](https://annapurnapost.prixacdn.net/media/albums/besar_pani_20190621065414_Df0hr2pQuQ.jpg)
बिहान उठ्नेबित्तिकै मनतातो पानी खानु फाइदाजनक छ। यसो गर्दा शरीरमा रहेका विषाक्त तत्त्व हटेर जान्छन्। तातो पानीमा अलिकति बेसार मिसाएर खाए झन् लाभ पुर्याउँछ।
–बेसारमा रहेको तत्त्वले रुघा, संक्रमणको जोखिम कम गर्छ। त्यसैले बेसार–पानी नियमित खानुपर्छ।
–बिहान–बिहान बेसार–पानी खाँदा पाचन प्रक्रियामा सुधार आउँछ।
–बेसार–पानीले रगतमा चिनीको मात्रा बढ्न दिँदैन। मधुमेह रोगीका लागि यो एकदमै लाभकारी छ।
–शरीरमा बोसो बढ्न दिँदैन, बेसार–पानीले। वजन कम गर्न चाहनेले बेसार–पानी खानुपर्छ।
–बेसार–पानी छालाका लागि फाइदाजनक छ। बेसारले प्राकृतिक रूपमा रगत सफा गर्छ। शरीरमा भएका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)