६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

इटहरी : सुनसरीको इटहरीमा ६ वर्षीया बालिकालाई बलात्कृत गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

३२ वर्षीय देवेन्द्र गौतमलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । ससुराको घरमा भाडामा बस्दै आएको परिवारकी बालिकालाई बलात्कार गरेको आरोप उनीमाथि परेको छ ।

ती बालिकालाई गत असार २ गते घरमा कोही नभएको अवस्थामा बलात्कार गरिएको बताइएको छ । किटानी जाहेरीपछि ती गौतमलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

घटनाको भोलिपल्ट आमाले छोरीको गुप्ताङ्गमा घाउ भएको देखेपछि उपचारको लागि विराटनगर अस्पताल पुर्याएकी थिइन् । उपचारका क्रममा चिकित्सकले बलात्कार भएको आशंका गर्दै प्रहरीमा उजुरी गर्न सल्लाह दिएपछि घटना बाहिर आएको हो ।

घटना भएको तीन दिनपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलका अनुसार बलात्कार वा यौन दुव्र्यवहारमध्ये केही भएको हुनसक्ने बताएका छन् । ‘जे हो, त्यो रिपोर्टमा आउला, दोषीले सजाय पाउँछ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.