४३ पूर्वजनप्रतिनिधिलाई सम्मान

४३ पूर्वजनप्रतिनिधिलाई सम्मान

धनकुटा : साविक ६ नम्बर बुधबारे गाउँ पञ्चायतका पूर्वप्रधानपञ्च ८७ वर्षीय देबेन्द्र श्रेष्ठ सम्मान पाउँदा भावुक बने। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्मान पत्र हस्तान्तरण गर्दा श्रेष्ठका हात काँपिरहेका थिए।

चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले दोसल्ला ओडाउँदा र उपाध्यक्ष यज्ञकुमारी रुचालले टिका लगाइदिँदा बुढौलीले मुजा परेका उनको अनुहार हँसिलो देखियो। गहभरि आँसु झार्दै उनले भने, ‘सबैले बिर्सेजस्तो लागेको थियो। तर गाउँपालिकाले सम्झेर सम्मान गर्दा खुसी लाग्यो।’ उनले गाउँपालिकाको प्रगतिका लागि शुभकामना पनि व्यक्त गरे।

साविक कुरुलेतेनुपाका पूर्वप्रधानपञ्च योगेन्द्र दाहाल पनि सम्मान पाउँँदा खुसी देखिन्थे। ‘पदमा रहँदा सबैले खोज्थे। मान सम्मान गर्थे’, उनले विगत स्मरण गर्दै भने, ‘पदमा नहुँदा कसैले वास्ता गदैनन्। तर आज सम्मान हुँदा खुसी लागेको छ।’ साविक कुरुलेतेनुपा गाउँ पञ्चायतमा प्रधानपञ्च निर्वाचित भए पनि उनले दुई वर्षपछि राजीनामा दिएर शिक्षण पेशा अंगालेका थिए।

चौविसे गाउँपालिका भित्रका पूर्वनिर्वाचित जनप्रतिनिधिबाट राय सुझाव संकलन तथा सम्मान कार्यक्रममा श्रेष्ठ र दाहालजस्तै अन्य ४० भन्दा बढी पूर्वमन्त्री, पूर्वप्रधानपञ्च र अन्य जनप्रतिनिधिलाई सम्मान गरिएको हो।

साविक कुरुलेतेनुपा, मुढेवास, ६ नम्बर बुधवारे, बसन्तटार, बोधे, मौनाबुधुक, राजारानी गाविसबाट निर्वाचित पूर्वपञ्चदेखि पूर्वशान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङलगायतलाई प्रदेश १ का मुख्यमन्त्रीले दोसल्ला ओडाएर सम्मान गरेका थिए।

पूर्वमन्त्री चेम्जोङसहित पहिलो संविधानसभा सदस्य हेमराज भण्डारी, दोस्रो संविधानसभा सदस्य टिकाराम चेम्जोङ, जिविस सदस्य, गाविस अध्यक्ष, उपाध्यक्ष, प्रधानपञ्च, उपप्रधानपञ्च गरी ४३ जनालाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले पूर्वनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेर मुलुकमै पहिलो पटक नमुना काम गरेको बताए। ‘पूर्वजनप्रतिनिधि अनुभव र ज्ञानको खानी भएकाले उहाँहरुको सल्लाह, सुझाव र अनुभव वर्तमान समयमा सिकाइको माध्यम बन्न सक्छ’, मुख्यमन्त्री राईले भने।

कार्यक्रममा पूर्वमन्त्री रकम चेम्जोङले चौबिसे गाउँपालिकाले आफुहरुले गरेको कामको मुल्यांङन गर्दै सम्मान गरेकोमा धन्यवाद दिए। ‘पूर्वजनप्रतिनिधि इतिहासको धरोहर भएकाले उहाँहरुको सल्लाह, सुझाव र अनुभव हाम्रो लागि प्रेरणाको स्रोत हो’, गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले भनिन्।

चौविसे गाउँपालिकाले गरेको यो सम्मान नेपालमा सम्भवत पहिलो पटक भएको उनको दावी छ। उक्त अवसरमा गाउँपालिकाले योजना शाखामा कार्यरत कर्मचारी लिलाबहादुर कार्कीलाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै १५ हजार रुपैयाँसहित पुरस्कृत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.