बाराका १६ स्थानीय तह : कतै बजेट, कतै विरोध र तालाबन्दी

बाराका १६ स्थानीय तह : कतै बजेट, कतै विरोध र तालाबन्दी

बारा : बाराका १६ स्थानीय तहमध्ये ११ वटामा नगरसभा सम्पन्न भएको छ ।

जिल्लामा दुई उपमहानगर, पाँच नगरपालिका र ९ गाउँपालिका छन् । जसमध्ये तीन नगरपालिका र दुई गाउँपालिका बाहेक सबैले आर्थिक वर्ष २०७६/७७ को आय–व्यय प्रस्तुत गरे ।

उपमहानगरपालिकामध्ये जीतपुरसिमराले मंगलबार आर्थिक वर्ष २०७६÷७७ का लागि झण्डै एक अर्ब २९ करोडको अनुमानित आयव्यय प्रस्तुत गर्दा अर्को उपमहानगरपालिकाको नगरसभा अनिश्चित बनेको छ ।

विधि र प्रक्रिया नपु¥याइ नगरसभा गर्न लागेको भन्दै कलैया उपमहानगरमा भने उपप्रमुख रहिमा खातुनको नेतृत्वमा तालाबन्दी गरिएको छ । उपमहानगरको कार्यालयमा नगरसभा गर्ने तयारी भइरहँदा उपप्रमुख खातुनको नेतृत्वमा ८५ जना सदस्यले तालाबन्दी गरेका हुन् ।

तालाबन्दीपछि नगरसभा अनिश्चित बनेको छ । उपमहानगरपालिकाको वडा नं. ४ का अध्यक्ष जटाशंकर सहनीले विधि र प्रक्रिया पूरा नगरी नगरसभा गर्न लागिएकाले विरोध गरिएको बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाले भने चालु र पूँजीगततर्फ गरी एक अर्ब २८ करोड ८५ लाख ६६ हजारको बजेट ल्याएको छ । उपप्रमुख सरस्वती चौधरीले प्रस्तुत गरेको बजेटअनुसार चालु खर्चतर्फ १६ करोड ९५ लाख र पूँजीगत खर्चतर्फ एक अर्ब ८९ करोड ६६ हजार रुपैयाँ छ । उपप्रमुख चौधरीले प्रस्तावित योजना तथा प्रभावकारी कार्यान्यवनको लागि आवश्यक कार्ययोजना र कार्यविधि बनाएर अघि बढ्ने बताइन् ।

उपमहानगरपालिकाकै नगर प्रमुख डा. कृष्ण  पौडेलले निति तथा कार्यक्रम प्रस्तुत गर्दै यस वर्ष पनि सडक सञ्जाल र शिक्षालाई प्राथमिकतामा राखेको बताए ।बहुआयामिक विकासको पहिलो प्राथमिकतामा रहेको सडकलाई फराकिलो बनाउने र स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकता दिइने प्रमुख डा. पौडेलले बताए । शिक्षाको गुणस्तर अभिबृद्धि र शिक्षकको भुमिकालाई प्रभावकारी बनाउन उपमहानगरले योजना बनाएर अघि बढ्ने नगर प्रमुख डा. पौडेलको भनाइ थियो ।

पाँच नगरपालिकामध्ये निजगढ नगरपालिकाले ७२ करोड ९७ लाख ४० हजारको बजेट सार्वजनिक गरेको छ । पचरौता नगरपालिकाले नगरसभाको उद्घाटन गर्दै छलफललाई अघि बढाएको छ । अन्य तीन नगरपालिका कोल्हबी, महागढीमाई र सिम्रौनगढले केही दिनमा तयारी गरेर नगरसभा गर्ने भएका छन् ।

गाउँपालिकामध्ये परवानीपुर गाउपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि ३१ करोड ३३ लाख ५५ हजार, फेटा गाउपालिकाले ३६ करोड ६५ लाख २६ हजार, प्रसौनी गाउँपालिकाले ३५ करोड ३८ लाख ५५ हजारकरैयामाई गाउँपालिकाले ३६ करोड ६४ लाख, देवताल गाउँपालिकाले २४ करोड १४ लाख ५२ हजार, बिश्रामपुर गाउँपालिकाले २० करोड १० लाख ९७ हजारको बजेट प्रस्तुत गरेका छन् ।

आदर्श कोतवाल गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरको छ भने बजेटलाई केही दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ । बारा गढी गाउँपालिकाले केही दिनमा गाउँसभा गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.