पाँचथरमा शृङ्खलाबद्ध हत्याको कारण प्रेम र पैसा

पाँचथरमा शृङ्खलाबद्ध हत्याको कारण प्रेम र पैसा

फिदिम : माइक्रो फाइनान्सको किस्ता तिर्ने मिति नजिकिदै थियो। तर, पाँचथरको हिलिहाङ ६ का १९ वर्षीय घनेन्द्र लावती र उनको परिवारसँग किस्ता तिर्ने पैसा जुटेन। पैसा अभावमा उनी र उनको परिवार समस्यामा थियो। 

मंगलबार गाउँमा एनएमबी माइक्रो फाइनान्सको लगानी रहेको दुई समूहमा फाइनान्सले बैठक बोलाएको थियो। बैठकमा एनएमबी माइक्रो फाइनान्स गोपेटार शाखाकी कर्मचारी सुजता तामाङ पैसा संकलन गर्न गएकी थिइन्। समूहबाट उनले पैसा संकलन गरेर कार्यालय फर्कदै गर्दा उनको हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर नरेन्द्र कुँवरका अनुसार पैसा बोकेर कार्यालय फर्कने क्रममा हिलिहाङ ६ स्थित जंगल बीचमा पर्ने खोल्सामा उनको हत्या भएको थियो। हत्यापछि उनीसँग भएको ८१ हजार ७० रुपैंया लुटिएको थियो। सुजताले पैसा बोकेर कार्यालय फर्कदै गरेको थाहा पाएका लावतीले पैसा लुट्ने उद्देस्यले धारिलो हतियार बोकेर बाटो ढुकेको खुल्न आएको छ। 

‘पैसाकै लागि सुजताको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, इन्स्पेक्टर कुँवर भन्छन्, ‘सुजताले पैसा बोकेको लावतीलाई थाहा नभएको भए उनको हत्या नहुन सक्थ्यो।’

वैशाख २९ गते हिलिहाङ ४ कात्तिकेकी १५ वर्षीय किशोरी सीतल योङहाङको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

हत्यामा संलग्न फाल्गुनन्द गाउँपालिकाका पदम तामाङलाई २० दिनपछि प्रहरीले झापाको दमकबाट पक्राउ गर्‍यो। पक्राउ परेपछि प्रहरीसँग बयानका क्रममा तामाङले प्रेममा धोका खाएपछि सीतलको हत्या गरेको स्विकारेका थिए। 

‘प्रेममा खटपट भएपछि पदम तामाङले सीतलको हत्या गर्ने योजना बनाएको पाइयो’, कुँवरले भने, ‘हत्या हुनुभन्दा एक महिना अघिदेखि सीतल र पदमको प्रेममा खटपट सुरु भएको रहेछ। उनीहरु एक महिना अघिदेखि सम्पर्क विहिन भएका रहेछन्।’

जेठ ६ गते राति मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा एउटै पारिवारभित्रका नौ जनाको कारुणिक हत्या भएको थियो। बमबहादुर फियाकका छोरी ज्वाइँ र नातिनीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। प्रहरी अनुसन्धानले फियाककै कान्छा ज्वाइँ मानबहादुर माखिमले नौ जनाको हत्या गरेको पुष्टि गर्‍यो। 

अनुसन्धानमा ससुरा बमबहादुर र कान्छा ज्वाइँ मानबहादुरबीच आर्थिक लेनदेनमा कुरा नमिलेपछि किचलो सुरु भएको खुलेको थियो।सुसरा बमबहादुरले मानबहादुरलाई विदेश जान दिएको पैसा ज्वाइँले फिर्ता नगरेपछि ससुरा ज्वाइँको परिवारमा तित्तता बढेको प्रहरीले जनाएको छ। 

‘आर्थिक किचलोकै कारण ससुरा ज्वाइँको परिवारमा किचलो सुरु भएको पाइयो’, पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तिले भने, ‘किचलो बढेपछि मानबहादुरकी श्रीमती मनकुमारी फियाकले सम्बन्धविच्छेदको मुद्धा दर्ता गरेकी पाइयो। पैसाका कारण ससुराली र श्रीमतिसँगको सम्बन्ध बिग्रिएपछि माखिमले हत्याकाण्ड मच्चाएको देखिएको छ।’ 

जिल्लाको तीन वटा हत्या प्रकरणलाई अनुसन्धान गर्दा प्रेम र पैसाका कारण हत्या भएको पाइएको हो। हत्यामा संलग्नको बयानका आधारमा उक्त कुरा पुष्टि भएको प्रहरीको दाबी छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.