दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, उद्धारका लागि हिँडेको प्रहरीको गाडी ठोक्किदा १० घाइते

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, उद्धारका लागि हिँडेको प्रहरीको गाडी ठोक्किदा १० घाइते

काभ्रे : मण्डनदेउपुर नगरपालिकामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार दिउँसो नगरपालिका–६ कुन्ता बजारको भित्री सडकखण्डमा दुर्घटना भएको हो। 

कुन्ताबाट रानीटारतर्फ जाँदै गरेको बा २१ प ८२८० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको थियो। मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको बा ३ ख ९०३० नम्बरको गाडीले किच्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। 

मृतक देउराली गाउँपालिका ६ घर भइ मण्डनदेउपुर नगरपालिका कुन्तबेसीको ग्रिल पसलमा काम गर्दे आएका सचिन माझी भएको खुलेको छ। 

पल्टिएको मोटरसाइकल किच्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले जानकारी दिए। 

त्यसैगरी दुर्घटनापछि बढेको भिड नियन्त्रण गर्न जाँदै गरेको प्रहरीको गाडी दुर्घटना भएको छ। बा १३ च ५०७५ नम्बरको बोलेरोलाई प्रहरीको गाडीले ठक्कर दिएको हो। ठक्कर दिँदा ना १ ग ४८४ नम्बरको गाडीमा सवार २१ जना प्रहरीमध्ये आठजना घाइते भएका छन्। दुर्घटनामा प्रहरी हवल्दार बलराम तामाङको टाउँकोमा गम्भीर चोट लागेको छ। उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।  अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.