आगलागीमा घर-पसल जल्दा ३० लाख बराबर क्षति

आगलागीमा घर-पसल जल्दा ३० लाख बराबर क्षति

फिदिम : पाँचथरको कुम्मायक गाउँपालिका ४ रानीगाँउस्थित तिङदेनको एउटा घरमा आगलागी भएको छ। तिलविक्रम सम्बाहम्फेको किराना पसल भएको घरमा विद्युत सर्ट भई आगलागी भएको स्थानीय गोविन्द फुयालले जानकारी दिए।

बिहान ६ बजेदेखि सुरु भएको आगलागी दुई घण्टापछि ८ बजेमात्र नियन्त्रणमा आएको छ। आगलागीका कारण घर र पसलका सम्पूर्ण सामान जलेर खारानी भएका छन्।

किराना पसलमा करिब ३० लाख बराबरको सामान रहेको बताइएको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ। स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.