जाजरकोटमा स्कुले विद्यार्थीलाई सैनिक तालिम

जाजरकोटमा स्कुले विद्यार्थीलाई सैनिक तालिम

जाजरकोट : राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने भन्दै नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण सुरु गरेको छ ।

‘राष्ट्रिय सेवा दल तालिम’ नाम दिइएको प्रशिक्षण नेपाली सेनाको जाजरकोटका दुई स्कुलमा सञ्चालन  भइरहेको छ । त्रिभुवन माध्यमिक विद्यालय खलंगा र शिव माध्यमिक विद्यालय कालेगाउँका ७२ विद्यार्थी तालिममा सहभागी छन् ।

एक सय दिनको अवधि रहेको उक्त तालिममा दुवै स्कुलबाट ३६ जना छात्र र ३६ छात्राको सहभागिता रहेको  नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणका  निमित्त गणपति सेनानी दिनेशकुमार खड्काले बताए ।

तालिमका क्रममा सय दिनमध्ये ७९ दिन जिल्लाभित्रै र २१ दिन जिल्ला बाहिर नेपालगञ्ज लैजाने पनि सेनानी खड्काले बताए । अन्तर जिल्लाको भुगोल, संस्कृति, सामाजिक अवस्था र रहनसहनका साथै सृजनात्मक गतिविधिमा उनीहरुले समय बिताउने बताइएको छ ।

साथै उनीहरुलाई शारीरिक व्यायाम, कवाज, खेलकुद लगायत सीप सिकाइने छ । प्रत्येक दिन दुई घण्टाका दरले गराइने प्रशिक्षण फलदायी र व्यवहारिक हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.