भिरबाट खसेर मृत्यु
मुगु : मुगुम कार्मारोङ्ग गाउँपालिका-७ मह गाउँको रुद्धीपानी भन्ने स्थानको भिरबाट खसेर एक जनाको मृत्यु भएको छ।
छाँयानाथ रारा नगरपालिका-१२ लुम्स गाउँका ४२ वर्षीय उमाकान्त ऐडी मह गाउँको योजनाको सिमेन्ट आफ्ना खच्चडमा ढुवानी गराए जाँदै गर्दा सोही गाँउपालिका-७ रुद्धिपानी भन्ने स्थानको भिरबाट खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको पुलु प्रहरी चौकीका लक्ष्मण अधिकारीले जानकारी दिए।
उनको शव बाटोबाट एक हजार पाँच सय मिटर तल भेटिएको थियो। उनी सोही गाउँपालिकाको ढुंगेधारामा होटल गर्दै आएका थिए। एडीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ। पोस्टमार्टमपछि मात्र शव परिवारलाई बुझाइने प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस !