सूर्यको देवल लोकार्पण

सूर्यको देवल लोकार्पण

काठमाडौँ  : सूर्य चापागाईंको देवल कविता सङ्ग्रह काठमाडौँमा लोकार्पण भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक संघका अध्यक्ष एवं नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव प्राध्यापक जीवेन्द्रदेव गिरीलगायतले कृतिको लोकार्पण गरेका थिए। 

कार्यक्रमका सभापति साहित्यकार अच्युत घिमिरेले थिए भने विशेष अतिथि पूर्वसांसद एवं कवयित्री कुन्ता शर्मा थिइन्। कार्यक्रममा साहित्यकार बालमुकुन्द कार्कीले सर्जक चापागाईं समाजलाई नियालिरहेका सशक्त कवि भएको चर्चा गरे। स्रष्टा चापागाईं गीतकार, गायक, कवि तथा विदेशी भाषाका प्राध्यापक समेत हुन्। विभिन्न साहित्यिक पत्रिकामा प्रकाशित कविताको संग्रह नै देवल भएको लेखकले स्पष्ट पारे।

उनले सामाजिक विकृति र विषमताका विरुद्ध सशक्त आवाज उठाउँदै आएका छन्। उनका कविता घर-आँगन, समाज र देशको सेरोफेरोमा केन्द्रित हुन्छन्। 

कार्यक्रममा डा. पुष्करराज भट्ट, र नन्दु उप्रेती लगायतले  लोकार्पित कृतिको समीक्षा गरेका थिए। कार्यक्रममा स्रष्टा चापागाईंले कविता लेखनमा बाल्यकालदेखि पिताबाट प्रभावित भएको बताएका थिए। पिताले जोगाइदिएको  फूलबारी शीर्षकको पहिलो कविता नै सङ्ग्रहको बीजविन्दु भएको उनले खुलासा गरे। 

विशेष अतिथि कुन्ता शर्माले कविता हृदयबाट लेखिने,  दु:खमा साहित्य सिर्जना हुने,  सिर्जना विचार र शिल्पले भरिएको हुनुपर्ने बताइन्। उनले कवि चापागाईंका कविता त्यस दिशातर्फ उन्मुख भएको सङ्केत गरिन्। प्रमुख अतिथि प्रा.डा. गिरीले चापागाईंका केही कविता उत्कृष्ट भए पनि विचार र कलापक्षलाई अझ खार्दै लैजानुपर्ने विचार व्यक्त गरे।

सभापति एवं साहित्यकार अच्युत घिमिरेले कविता संग्रहले धर्म, राजनीति लागायतका विषयलाई छुन भ्याएको बताए। कवितामा कतै क्रान्तिको विरोध गर्दै शान्तिको उद्घोष, सिमानाको सुरक्षा,  शहीदको मूल्य जस्ता विषय वर्णन  गरिएको छ।

कार्यक्रममा साहित्य सदन रामहिटीका अध्यक्ष तथा समाजसेवी अमिर थापा,  साहित्यकार प्राध्यापक दुर्गाप्रसाद अर्याल,  सिस्नुपानी नेपालका अध्यक्ष एवम् व्यङ्ग्यकार लक्ष्मण गाम्नाङे, साहित्यकार गोविन्द घिमिरे,  बाजुराम पौडेल,  श्रीहरि फुयाँलले कृतिबारे बोलेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.