उच्चस्तरीय भ्रमणको पहल गर्दै परराष्ट्रमन्त्री ज्ञवाली

उच्चस्तरीय भ्रमणको पहल गर्दै परराष्ट्रमन्त्री ज्ञवाली

 बेइजिङ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच नेपाल चीनको समग्र विषयमा छलफल हुने भएको छ। गृष्म डाभोस मञ्चमा सहभागी हुन चीन पुगेका मन्त्री ज्ञवालीले बुधबार समकक्षीसँग भेट गर्ने दूतावास अधिकारीले जानकारी दिए। 

सरकार बनेपछि र त्यसपछि भएका भ्रमणको समग्र दुईपक्षीय सम्बन्ध बारेमा छलफल हुने बताइएको छ। पटकपटक चीन आइसकेका परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङसँग उच्चस्तरीय भ्रमणको बारेमासमेत छलफल गर्न सक्ने अधिकारीले बताए।

नेपालले लामो समयदेखि चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणको प्रतिक्षा गरिरहेको विषयलाई उनले वाङमार्फत पुनः दोहोर्‍याउने जानकारी काठमाडौंस्थित परराष्ट्र अधिकारीको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसियटिभको दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन पुग्दा पनि समकक्षी सिलाई नेपाल भ्रमणको लागि आग्रह गरेका थिए।

चीनको डालियान पुगेर गृष्म डाभोसको दोस्रो दिनका कार्यक्रममा सहभागी भएका हुन्। मंगलबार बिहान आयोजित विश्व आर्थिक मञ्चमा ‘जलवायु परिवर्तनः अर्को वित्तीय संकट’ शीर्षकको सत्रमा परराष्ट्रमन्त्री ज्ञवालीले सम्बोधन गरे।

उनले आफ्नो सम्बोधनमा जलवायु परिवर्तनको प्रतिकुल प्रभावको सामना गर्न अन्तर्राष्ट्रिय स्तरमा सहयोग बढाउन आग्रहसमेत गरे। उनले विश्वको पर्यावरणीय प्रणालीलाई सन्तुलित बनाइराख्न नेपालको पहाड-पर्वत, नदी-नाला र वनजंगलले महत्वपूर्ण योगदान दिँदै आइरहेको बताए। 

‘नेपालबाट कार्बन उत्सर्जन अति कम मात्रामा भइरहे तापनि नेपालले विषम र असंगत रुपमा त्यसबाट हुने असर भोगिरहेको छ,’ उनले भने,‘यस सन्दर्भमा जलवायु न्यायको प्रवद्र्घन आवश्यक छ र प्रविधिसम्मको पहुँच सहज बनाउनु पर्छ।’

चिनियाँ प्रधानमन्त्री लि खछ्याङले सम्बोधन गरेको डाभोस मञ्चको औपचारिक उद्घाटन समारोहमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी भएका थिए। 

जहाँ चिनियाँ प्रधानमन्त्री लिले चालु वर्षको पहिलो ६ महिनामा चीनको अर्थतन्त्र स्थिर रहेको बताए। चीनको अर्थव्यवस्थाले नयाँ दबाबको सामना गर्दै आएको उल्लेख गर्दै बाहिरी संसारमा अस्थिरता र अनिश्चितता बढे तापनि चीनले यस गम्भीर परिस्थितिको सामना गर्न पूर्ण तयार रहेको पनि बताए। 

जुलाई १ देखि ३ तारिखसम्म चल्ने यस पटकको गृष्म विश्व आर्थिक फोरम डाभोसको शीर्षक नेतृत्व ४.०:वैश्वीकरणको नयाँ युगमा सफलता प्राप्ति रहेको छ। यस मञ्चमा करिब एक सय मुलुक र क्षेत्रका लगभग दुई हजार प्रतिनिधि सहभागी  छन्।

मंगलबार दिउँसो नै भएको ‘भूराजनीतिक बदलाव’ सत्रमा परराष्ट्रमन्त्री ज्ञवाली प्यानालिस्टको रुपमा सहभागी हुँदै भूराजनीतिक जटिलता तथा अनिश्चितता बढ्दै गएको उल्लेख गर्दै स्थायी विश्व शान्ति सुनिश्चित गर्नका लागि विभिन्न राष्ट्रबीच आपसी विश्वास र समझदारीका साथै सहकार्य र सहयोगात्मक प्रयासलाई गहन स्तरमा बढाउन जरुरी रहेको औंल्याए। 

परराष्ट्रमन्त्री ज्ञवालीले विश्व आर्थिक मञ्चका अध्यक्ष बोर्ग ब्राण्डसँग भेट गर्दै नेपाल र विश्व आर्थिक मञ्चबीच विशेषत अनुसन्धान तथा क्षमता निर्माणको क्षेत्रमा थप सहयोग बढाउने विषयमा छलफल गरेको चीनस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

साथै दूतावासमा चिनियाँ तथा नेपालीबीच अन्तरव्रिmयाको आयोजना गर्दै छ। परराष्ट्रमन्त्री ज्ञवाली ६ दिने भ्रमणका लागि आइतबार चीन आएका हुन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.