बैंक खोज्दै ३ दिन पैदल
गोरखा : गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबारमा समस्या आएको छ। आर्थिक वर्ष सकिनै लाग्दा अहिले २ गाउँपालिकाका उपभोत्ता समितिका पदाधिकारी र कर्मचारी योजना तथा कार्यक्रमको हिसाब फरफारक गर्न सदरमुकाम झरेका छन्। चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमबाट सदरमुकाम झर्न ३ दिन लाग्छ भने धार्चेबाट सदरमुकाम पुग्न १ दिन हिँड्नुपर्ने बाध्यता छ।
फिलिममा कुमारी बैंकले शाखा सञ्चालन गरेको छ तर गाउँपालिकालाई सेवा नदिएको गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले जानकारी दिए। ‘गाउँपालिकालाई सेवा दिन पर्याप्त रकम छैन भन्छ’, गुरुङले भने, ‘त्यसैले सबै आर्थिक काम गर्न ३ दिन पैदल हिँडेर सदरमुकाम झर्नुपर्ने बाध्यता छ।’ बैंकले ठूलो परिमाणमा पैसा ओसार्न नसक्ने बताएको उनले जानकारी दिए।
चालु आर्थिक वर्ष धार्चेले ३३ करोड रुपैयाँको र चुमनुब्री गाउँपालिकाले २३ करोड रुपैयाँको योजना तथा कार्यक्रम सञ्चालन गरेका छन्। गाउँपालिकामै आर्थिक कारोबार गर्न नपाएपछि चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट ७ दिन र वडा ६ र ७ चुम्चेत, छेकम्पारबाट ५ दिन पैदल हिँडेर उपभोत्ताmा समितिका पदाधिकारी कर्मचारी सदरमुकाम आइपुगेका स्थानीय सेराप गुरुङले जानकारी दिए।
‘बर्खाको बाटो बूढीगण्डकीको किनारकिनारै भेल, बाढी, पहिरो छल्दै आउन साह्रै समस्या छ’, उनले भने, ‘आउन जान १५ दिन लाग्छ। बाटो खर्च, सदरमुकाममा ४÷५ दिन बस्नुपर्दा होटल खर्च उत्तिाकै हुन्छ। कहिलेकाहीँ काम गरेको डोरहाजिरीलगायत कागजात मिल्दैन साह्रै दुःख पाइन्छ।’ योजना सम्झौता गर्न र फस्र्योट गर्न सदरमुकाम आउनु पर्दाको सास्तीका कारण उपभोत्ताmा समितिमा बसेर काम गर्न कोही नमान्ने गरेको उनले गुनासो गरे।
धार्चे गाउँपालिकामा पनि गत चैत महिनामा सिभिल बैंकको शाखा स्थापना भएको छ। तर, गाउँपालिकालाई सेवा नदिँदा ७ वटै वडाका उपभोत्ताmा समितिका पदाधिकारी योजना फस्र्योट गरी भुत्ताmानी लिन सदरमुकाम आउन बाध्य छन्। ‘बैंकले सेवा नदिँदा ७ वटै वडाका समितिका पदाधिकारी, कर्मचारी सदरमुकाममा आउन बाध्य छन्’, गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ भन्छन्, ‘खेतीपाती गर्ने सिजनमा गाउँले सदरमुकाममा थुप्रिनु परेको छ।’