सम्पदा पुनर्निर्माण सुस्त

सम्पदा पुनर्निर्माण सुस्त

ललितपुर : भूकम्पले क्षति पुगेको पाटनको भीमसेन मन्दिर पुनर्निर्माण कार्य सुस्त छ। राजा सिद्धिनरसिंह मल्लका पालामा बनेको यो मन्दिर निर्माणको जिम्मा भारतीय दूतावासले लिएको थियो। पुनर्निर्माण कार्यले गति नलिएपछि महानगरपालिकाले सम्झौता तोडेर स्थानीय संघ संस्थाको सहयोगमा निर्माण गरिरहेको छ। महानगर, स्थानीय, उद्योग वाणिज्य महासंघ, मंगलटोल सुधार समितिलगायत स्थानीय संघ संस्था मन्दिर निर्माणमा जुटेका छन्।

पाटन दरबार स्क्वायरको मुख्य आकर्षणको केन्द्र यो मन्दिर कुनै पनि बेला ढलेर पुरातात्विक सामान नष्ट हुनसक्ने र मानवीय क्षति पुग्ने भन्दै छिटो निर्माण गर्न बारम्बार सचेत गराइए पनि दूतावासले निर्माणमा उति चासो नदेखाएपछि आफैंले बनाउन थालेको स्थानीयले बताएका छन्। मन्दिर पुनर्निर्माण चार करोडको लागतमा सम्पन्न गर्ने योजना हो।

भीमसेन मन्दिर पुनर्निर्माणको सम्झौता रद्द भएपनि अन्यको यथावत छ। पाटन दरबार हेरचाह तथा सम्पदा संरक्षण विभागका प्रमुख काजी प्याकुरेलले चारवर्ष अघि नै सम्पदाका डिजाइन तथा नक्सा दूतावासमा पठाइए पनि काम नभएको जानकारी दिए।

लामो समय काम नभए पनि अब भने काम सुरु हुनसक्ने संकेत देखिएको उनले बताए। पुनर्निर्माणका विषयमा गतसाता दूतावासका अधिकारीसँग छलफल भएको प्याकुरेलले जानकारी दिए। ‘सम्पदा निर्माण पहिलेको तुलनामा अहिले थोरै अगाडी बढेको छ’, प्याकुरेलले भने।

कोत भवन, रत्नका विहार, गोपीचन्द्र महाविहार, नापीचन्द्र विहार तथा प्रथम श्री महाविहार अझै बन्ने सुरसार छैन। पाटन दरबार क्षेत्रमा ठेक्का लगाएको वर्षौ भइसक्दा पनि सम्पदा बनेका छैनन। ०७४ चैत्रमा सुरु भई दुई वर्ष पहिला सकिनु पर्ने कुम्भेश्वर मन्दिर पुनर्निणको काम हालसम्म पनि सकिएको छैन।

स्वठस्थित राधाकृष्ण मन्दिरको हातल पनि उस्तै छ। काठैकाठको उक्त मन्दिर निर्माणको ठेक्का लिएका ठेकेदार ४० लाख अग्रिम भुक्तानी लिएर सम्पर्क बिहीन बने। तर अहिले उनले काम सुरु गरेको छन्।

काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी) का कन्ट्री डाईरेक्टर रोहित रञ्जितकारका अनुसार पाटन दरबार क्षेत्रका १३ वटा सम्पदा पुनर्निमार्ण सम्पन्न भइसकेको छ। चार नारायण, तलेजु मन्दिर, भाइदेग, हरिशंकर मन्दिर पुनर्निर्माण भइसकेका छन्। केभीपीटीले आफंैले दाता खोजेर ती मन्दिर पुनर्निर्माण गरेको हो।

०७२ को भूकम्पले ललितपुरका एक सय ४४ वटा सम्पदामा क्षति पुर्‍याएको थियो। ३१ सम्पदा पूर्णरूपमा क्षति भएको थियो। ६८ वटा आंशिक क्षति भएका थिए भने ४५ सम्पदामा सामान्य क्षति पुगेको थियो। भारतीय दूतावासले उपत्यकाका २६ वटा सम्पदा बनाउने प्रतिवद्धता जनाएको थियो। तीमध्ये ६ वटा ललितपुरका छन्।

सम्पदा पुननिर्माण गर्ने बचन दिएको चार वर्ष भइसक्दा पनि भारतीय दूतावासले पुनर्निर्माणको काम सुरु गरेको छैन।

पाटन दरवार क्षेत्रको भीमसेन मन्दिर (चार करोड), कोत भवन (६ करोड), रत्नका विहार, गोपीचन्द्र महाविहार, नापीचन्द्र विहार (३–३ करोड) तथा प्रथम श्री महाविहार ५० लाखमा बनाउने उसको बचन थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.