लुटेरासँगको प्रतिकारमा दुई घाइते, एक लुटेरा नियन्त्रणमा

लुटेरासँगको प्रतिकारमा दुई घाइते, एक लुटेरा नियन्त्रणमा

महोत्तरी : जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर ७ मा गएराति दुई घरमा धनमाल लुटपाट भएको छ। त्यसक्रममा स्थानीयबासी र लुटेर समूहबीच झडप हुँदा दुई स्थानीय घाइते भएका छन्। एक लुटेरालाई नियन्त्रणमा लिएर स्थानीयबासीले प्रहरीलाई बुझाएका छन्।

राति करिब १ बजेतिर हतियारसहित आएका लुटेराले वडा नम्बर ७ स्थित प्रेमनगरका निखुल महतो र चन्देश्वर महतोको घरबाट धनमाल लुटेका हुन्। निखुल महतोको घरबाट एक लाख ३७ हजार रुपैयाँ लुटिएको छ। यस्तै चन्देश्वर महतोको घरबाट दुई लाख ५० हजार लुटिएको छ।

यसबाहेक दुबै घरबाट सुन, चाँदी, ल्यापटप, मोबाइल र अन्य सामान पनि लुटेराले लगेको डीएसपी माधव बुढाथोकीले जानकारी दिए।

गाउँलेले वर्ष ४५ का देवनारायण कापर नाम गरेका लुटेरा समूहका सदस्यलाई हतियारसहित नियन्त्रणमा लिएका छन्। उनलाई गोली लोड गरिएको कटुवा पेस्तोलसहित स्थानीयले नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ।

चन्देश्वर महतोको घरमा पुग्दा लुटेरमाथि घरमुलीले प्रतिकार गर्दा दुईजना घाइते भएका छन्।

घटनाको थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बर्दिबासबाट डीएसपी निशान्त थापा नेतृत्वको टोली घटनास्थल पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.