प्रदेश ५ का मुख्यमन्त्रीको टोली क्वैचौमा

प्रदेश ५ का मुख्यमन्त्रीको टोली क्वैचौमा

बेइजिङ : चीनको सछ्वान (सिचुवान) प्रान्त र नेपालको प्रदेश नं ५ बीच भगिनी सम्बन्ध स्थापना भएको छ । साथै सछ्वानको यान शहर र घोराही उपमहानगरपालिकाबीच पनि भगिनी सम्बन्ध स्थापना भएको छ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले यस चीन भ्रमणको मुख्य उद्देश्य नै भगिनी सम्बन्ध स्थापना भएको बताए । जुलाई २ तारिख सछ्वान र नेपालको प्रदेश नं ५ बीच र ३ तारिख घोराही उपमहानगरपालिका र यान शहरबीच भगिनी सम्बन्ध स्थापना भएको हो । 

‘केन्द्रीय स्तर र केही सिमित नगरपालिकासँग मात्र अन्तर्राष्ट्रिय सम्बन्ध रहेकोमा हाल काठमाडौं बाहिरका स्थानीय तहको पनि सम्बन्ध बढ्दै छ’, मुख्यमन्त्री शंकर पोखरेलले अन्नपूर्ण पोस्टलाई भने,‘यसलाई नयाँ संविधान व्यवस्थाको उपलब्धिको रुपमा लिन सकिन्छ ।’ 

यसै गरी ठाकुरबाबा नगरपालिका र क्वैचौ प्रान्तको लिऊ फान्स्यइ शहरबीच जुलाई ६ तारिख शनिबार भगिनी सम्बन्ध स्थापना हुने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको टोली जुलाई ६ तारिख क्वैचौ पुग्ने छन् । साथै क्वैचौमा गरिबी निवारण सम्बन्धमा अवलोकन तथा अनुभव बटुल्ने कार्यक्रम छ ।

कूटनीतिक निकायलाई यस भ्रमणबारे जानकारी नभएको भन्ने प्रश्नमा मुख्यमन्त्री पोखरेलले नेपाल सरकारको निर्णयबाटै भ्रमण भएको बताए । साथै बेइजिङस्थित दूतावासबाट किन कुनै प्रतिनिधिको उपस्थिति रहेन भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ‘राजदूत लीलामणि पौड्यालको पहलमा नै भगिनी सम्बन्ध स्थापना भएको हो । तर सोही समयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको चीन भ्रमण भएकोले दूतावासको सहभागिता आवश्यक ठानेनौँ ।’ 

भगिनी सम्बन्ध स्थापनाको अलावा दुई देश, दुई पार्टी र जनताबीचको सम्बन्ध विस्तार तथा चीनले कृषि आधुनिकीकरण तथा पर्यटन प्रवर्द्धनमा प्राप्त उपलब्धिका अनुभवहरु बटुलेको मुख्यमन्त्री पोखरेलले बताए । मुख्यमन्त्रीले लुम्बिनी केन्द्रित रहेर चिनियाँ लगानीकर्तालाई लगानीका लागि प्रेरित गर्न सछ्वान गभर्नर समक्ष प्रस्ताव राखेको बताए । 

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्रीसहितको टोली १० दिने भ्रमणमा जुलाई १ तारिख सोमबार छङ्तु आइपुगेका हुन् । जुलाई ६ देखि क्वैचौ प्रान्तको भ्रमण गरी जुलाई १० मा स्वदेश फर्कने कार्यक्रम छ ।

भ्रमण टोलीका सदस्य पत्रकार देविका घर्तीका अनुसार, मुख्यमन्त्री शंकर पोखरेलका साथ टोलीमा गण्डकी प्रदेशप्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ की सचेतक पार्वी पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर, संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी, स्वकीय सचिव तिरनराज गौतम, युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द, मञ्जुदेवी साह र पत्रकार मोहन बास्तोला छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.